समाचार Archives - Page 2 of 84 - साझाकुरा
सोमवार, असार ८, २०८३

समाचार

बाढि पहिरोले पाँचखपन(चैनपुर सडकखण्ड अवरुद्ध
समाचार

बाढि पहिरोले पाँचखपन(चैनपुर सडकखण्ड अवरुद्ध

जेष्ठ २३ शुक्रबार राति आएको अबिरल बर्षादका कारण सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । पहिरोले पाँचखपन नगरपालिका अन्तरर्गत बिहिबारे(भैसीचोक–पिपलडाँडा सडक खण्ड अवरुद्ध भएको हो । शुक्रबार राति लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर नगरपालिका र पाँचखपन जोड्ने बिहिबारे–भैसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । अविरल वर्षाका कारण पाँचखपन —७ र ८ को बीचमा पर्ने चिङखुवा खोलामा आएको बाढीका कारण बिहिबारे पोख्राङस्थीत भित्री सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी निरीक्षक राजवंशीले जनाए । पहिरोले पाँचपन चैनपुर सडक खण्डमा १५ मिटर बढी सडक पुर्णरुपमा क्षतिग्रस्त बनेको छ । कल्लेरी क्षेत्रमा आएको चिउंखुवा खोलाको बाढीले सडकमा ठूलो क्षति पुर्‍याएपछि आवागमन पुर्ण रुपमा ठप्प भएको ...
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा कार्यक्रम सम्पन्न
समाचार, समाज

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा कार्यक्रम सम्पन्न

खाँदबारी एफएम संखुवासभा २० औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा स्वतन्त्र दलित अधिकार मञ्च सङ्खुवासभा र दलित महिला संघ (फेडो) सङ्खुवासभाको संयुक्त आयोजनामा एक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय दलित कल्याण संघका सचिव लोक शंकरको प्रमुख आतिथ्यता तथा दलित महिला संघ सङ्खुवासभाकी अध्यक्ष सृजना शंकरको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लोक शंकरले जातीय भेदभाव तथा छुवाछुतको अन्त्य अपरिहार्य रहेको बताउँदै दलित समुदायको हक–अधिकार, समानता र सामाजिक न्याय सुनिश्चित गर्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै उहाँले अग्रज दलित नेताहरूको अनुपस्थितिप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा सबै एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला दलित संघका अध्यक्ष चक्र बिशुङ्के, स्वतन्त्र दलित अधिकार मञ्चका उप...
वातावरण दिवसका अवसरमा बृक्षारोपण
अन्तर्राष्ट्रिय, समाचार

वातावरण दिवसका अवसरमा बृक्षारोपण

जेष्ठ २२ डिभिजन बन कार्यालय संखुवसभाले बिश्व वातावरण दिवसका अवसरमा बृक्षा रोपण कार्यक्रम आयोजना गरेको छ । संबृद्ध भविष्यको आधार जलवायु एवम् प्रकृतिमैत्री विकास भन्ने मूल नाराका साथ मनाइएको वातावरण दिवसका अवसरमा संखुवासभा खाँदबारी ७ मा रहेको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको हाता र यसको आसपासको क्षेत्रमा बृक्षा रोपण गरिएको हो । कल्कि, एभोकार्डो, तेजपत्ता, रुद्राक्ष लगायतका बिरुवा तथा फलफूलका करिव १५० वटा विरुवाहरू रोपण गरिएको छ। बृक्षा रोपण कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी श्रृजना थपलिया, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, सञ्चारकर्मी , खाँदबारी एफएमका अध्यक्ष सरोज बज्राचार्य, विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय तथा त्यसको केन्द्रीय कलेजमा अध्ययनरत एमएससी प्रथम सेमेस्टरका विद्यार्थी लगायतको सहभागिता रहेको थियो । जिल्लाको दिगो वातावरणीय संवर्द्...
ओभरलोड भएपछि प्राधिकरणले भन्यो अत्यावश्यकबाहेक विद्युतीय सामग्री नचलाउनु
समाचार

ओभरलोड भएपछि प्राधिकरणले भन्यो अत्यावश्यकबाहेक विद्युतीय सामग्री नचलाउनु

जेष्ठ २२ नेपाल बिद्युत प्राधिकरण भरतपुर बितरण शाखाले बढ्दो गर्मीका कारण बिद्युतको माग बढेको भन्दै अत्यावश्यकबाहेक विद्युतीय सामग्री नचलाउन आग्रह गरेको छ । गर्मीमा विद्युतीय खपत बढेसँगै प्रसारण तथा वितरण लाइन एवं ट्रान्सफर्ममा ओभरलोड हुन गई भोल्टेजको समस्या देखिएकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री सञ्चालन नगर्न ग्राहक समक्ष अनुरोध गरिएको भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीले जानकारी दिए । अहिले गर्मी बढेसँगै ओभरलोडका कारण ट्रान्सफर्मर पड्कने, तार पग्लने, जल्नेजस्ता समस्या आएकाले विद्युत् आपूर्तिमा समस्या हुन गएको वहाँको भनाई छ। भरतपुर वितरण केन्द्रले दैनिक ६५ मेगावाट विद्युत् खपत हुँदै आएको जनाएको छ । सबै ग्राहकले गर्मीको समयमा विद्युत् खपत बढाउँदा समस्या आएको चौधरीले बताए।यस वितरण केन्द्रका दुईवटा सबस्टेसनमा ९०–९० मेगावाट विद्युत् आपूति हुने गर्दछ।...
साधारण सभा स्थगित
समाचार, स्वास्थ्य

साधारण सभा स्थगित

खाँदबारी खानेपानी तथा सरसफाई संस्थाको आगामी जेष्ठ २४ गते हुने भनिएको साधारण सभा स्थगित गरिएको छ । आज बसेको सर्वदलिय सर्वपक्षिय बैठकले बिधानको पुर्ण तैयारी पुरा नभएकाले हाललाई अधिवेशन अर्को सुचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय भएकाले जेष्ठ २४ गतेको को अधिवेशन सर्ने निश्चित भएको खाँदबारी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिब्यराज बरालले जानकारी दिए ।...
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
राजनीति, समाचार

कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक

जेष्ठ २१ नेपाली कांग्रेसमा अहिलेसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता अद्यावधिक गरेका छन् । महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यलाई ‘डिजिटल्ली अद्यावधिक’ गर्ने समय दिएको छ । पार्दासम्म ३ लाख ७५ हजारले सदस्यता अद्यावधिक गरेको सदस्यता व्यवस्थापन समितिका सदस्य एवं पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए । त्यो सङ्ख्या बढेर साँझसम्म ४ लाख पुग्ने अनुमान समितिको रहेको रसाइलीजे जानकारी दिए । १४ औँ महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य ८ लाख ७० हजार बढी थिए । अहिले त्यो घटेर ३ लाख ७५ हजारमा झरेको हो । ...
साढे ३८ लाख घुस लिएको ठहरसहित प्रदेश सांसद सिंहलाई चार वर्ष कैद सजाय
अपराध, समाचार

साढे ३८ लाख घुस लिएको ठहरसहित प्रदेश सांसद सिंहलाई चार वर्ष कैद सजाय

जेष्ठ २१ योजना छनोटमा बजेटको एक तिहाइसम्म घुस मागेको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका मधेश प्रदेशसभाका सांसद सरोज सिंह दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर प्रसाद कोइरालाको इजलासले घुस लेखदेनको मुद्दामा सिंहलाई दोषी ठहर गरेको हो । दोषी ठहर भएका सिंहमाथि सजाय निर्धारण गर्दै विशेष अदालतले चार वर्ष कैद एक महिना कैद र ३८ लाख ५० हजार रुपैंया जरिवानाको फैसला सुनाएको हो ।...
भोटखोलामा पहिलो पटक पुग्यो सरकारी गाडी
मुख्य समाचार, समाचार

भोटखोलामा पहिलो पटक पुग्यो सरकारी गाडी

जेष्ठ २० बिश्व शक्ति राष्ट्रचिन र भारतलाई जोड्ने त्रिदेशिय लिंङ्क रोड संखुवासभाको भोटखोलामा पर्ने चिनको नाका किमाथांन्कामा पहिलो पटक सरकारी गाडि पुगेको छ । किमाथांन्काको पालिकास्थरिय योजना अनुगमनका लागि भोटखोला गाउँपालिकाका उपाध्यक्ष शाहना लामा सहितको टोलि पहिलो पटक भोटखोला गाउँपालिकाको गाडि लिएर योजना अनुगमनमा पुग्दा स्थानीय बासिन्दाहरुमा खुशीयाली छाएको भोटखोला १ किमाथान्काका वडाध्यक्ष नुर्बू च्याबाले बताए । केहि हप्ता अगाडी किमाथान्का नाकासम्म ४ वटा ट्याक्टर समेत पुगेको थियो । ट्याक्टर पुगेको खुशीयालीमा त्यस क्षेत्रका बासिन्दाहरुले खुशीयाली नै मनाएका थिए । सदरमुकाम खाँदबारीबाट १५७ किलोमिटरको दुरीमा रहेको नेपालको किमाथान्का नाका चीनसंग सिमाना जोडिएको क्षेत्र हो । २०७७ साल माघ द्दछ गते खाँदबारी किमाथांन्का सडक खण्डको सबैभन्दा कठिन मानिएको अप्ठ्यारो चट्टानी क्षेत्र रहेको च्याम्ताङ् दे...
धवल शम्सेरसहित १८३ राप्रपा नेताद्वारा पार्टि परित्यागको घोषणा
राजनीति, समाचार

धवल शम्सेरसहित १८३ राप्रपा नेताद्वारा पार्टि परित्यागको घोषणा

जेष्ठ २१ राष्ट्रिय प्रजातन्त्र पार्टिका महामन्त्री डाधवलशम्सेर राणासहित १८३ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका छन् । काठमाडौँमा बिहीबार एक कार्यक्रमको आयोजना गरि उनीहरूले सामुहिक रुपमा राप्रपा त्याग गरेको घोषणा गरेका हुन् । पहिलो चरणमा डा. राणासहित उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केवशराज श्रेष्ठ, कार्य सम्पादन समितिका सदस्य नारायणप्रसाद कोइरालाले राप्रपा छोडेको घोषणा गरेका छन् । बिहीबार काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला नेतृत्व, जनवर्गीय संगठनका पदाधिकारी लगायतले राप्रपा त्यागेकोे उल्लेख गरिएको छ । राप्रपाबाट ठुलो संख्यामा नेताहरु बाहिरिएपछि राप्रपा संसदिय दलका नेता ज्ञानेन्द्र शाही र पार्टि अध्यक्ष राजेन्द्र लिङ्देन बिच खटबढेको जनाईएको छ । ...
निजी क्षेत्रले जलाशययुक्त विद्युत् आयोजनामा लगानी  गरे ४० प्रतिशतसम्म आईपीओ जारी गर्न दिइने
अर्थ/व्यापार, समाचार

निजी क्षेत्रले जलाशययुक्त विद्युत् आयोजनामा लगानी गरे ४० प्रतिशतसम्म आईपीओ जारी गर्न दिइने

सरकारले ऊर्जा प्रवर्द्धकलाई ४० प्रतिशतसम्म सेयर सर्वसाधारणलाई बिक्री गर्ने दिने अनुमति दिने भएको छ । आर्थिक वर्ष २०८३र०८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले जलाशययुक्त आयोजनामा शतप्रतिशत लगानी सुनिश्चित गरे ४० प्रतिशतसम्म आईपीओ जारी गर्न दिने भएको हो । ‘ठूला तथा जलाशययुक्त जलविद्युत् आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्न प्रवर्द्धकले शतप्रतिशत रकम जलाशययुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष ४० प्रतिशत सेयर सर्वसाधरणलाई बिक्री गर्ने दिने अनुमति दिने व्यवस्था गर्नेछौं,’ उनले भने । साथै सरकारले निर्माणमा नगएका आयोजनाको अनुमतिपत्र खारेज गरी नयाँ पीपीए गर्ने भएको छ । योसँगै सरकारले नयाँ विद्युत् खरिदबिक्री सम्झौता ९पीपीए० नगर्ने भएको हो । पीपीए गरेका तर निर्माण सुरू नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी ुटेक अर पेु विधिमा नयाँ...