पाँचखपनका ३ परिवार आफन्त खोज्दै
जेष्ठ २६,संखुवासभा
संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ७ का ३ परिवार आफ्ना परिवारका सदस्यको खोजीमा छन् । माओवादी दन्द्धकाल र त्यसअघि विभिन्न कारणले परिवारबाट वेखबर भएकाहरुको खोजी गर्न वेपत्ता परिवारका सदस्यहरु लागेका छन् । यसअघि आफन्त लगायत आशंका गरिएका स्थानहरुमा परिवारले खोजी गरिसकेका छन् । यस पटक भने वडा नं. ७ को सहयोगमा सञ्चारमाध्यमबाट नै खोजी गरिदिन उनीहरुले आग्रह गरेका छन् ।
पाँचखपन–७ बाट विभिन्न समयमा अमर बहादुर कटुवाल, अमर बहादुर कालिकोटे खड्का र पदम बहादुर दर्जी हराएका थिए । पिडित परिवारका सदस्यहरुले दिएको जानकारी अनुसार अमर बहादुर कालिकोटे खड्का हराएको अहिले ३५ बर्ष भयो । घरबाट नागालैन जान्छु भनेर हिडेका उनका २ छोरा र २ छोरी र श्रीमति छन् ।
यसैगरी अमर बहादुर कटुवाल २०५८ साल चैत महिनाबाट हराएको उनकी छोरी भगवती कटुवाल ढकालले बताइन् । उनको खोजी हालसम्म परिवारकोतर्फबाट मात्र ...









