समाचार Archives - Page 19 of 80 - साझाकुरा
बिहिबार, बैशाख ३१, २०८३

समाचार

बरुणमा निरजोया उपन्यासको परिचर्चा
शिक्षा, समाचार, समाज

बरुणमा निरजोया उपन्यासको परिचर्चा

संखुवासभा पाैष ३, बरिष्ठ साहित्यकार तथा बरुण बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख उपेन्द्र कोरंङ्गी दाजु गुरुङ्गद्वारा लिखित निरजोया उपन्यासको आज परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । मकालु साहित्यिक समाज संखुवासभाको संयोजना तथा बरुण बहुमुखी क्याम्पस संखुवासभाको आयोजनामा भएको कार्यmक्रमको अध्यक्षता बरुण बहुमुखी क्याम्पसका प्रमुख चित्ररेखा कार्की अधिकारी रहनुभएको थियो भने कार्यक्रमको प्रमुख आतिथ्यता खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले गर्नूभएको थियो । कार्यक्रममा दाजु गुरुङ्गद्वारा लिखित निरजोयाको साहित्यकार कृष्ण चापागाईं, लक्ष्मी ढुंगाना, तारा बहादुर बुढाथोकीले समालोचना गर्नूभएको थियो । कार्यक्रममा लेखक तथा साहित्यकार उपेन्द्र कोरंगीं दाजु गुरुङ्गले प्रवासमा रहँदा नेपालीहरुले भोग्नपरेका कथा ब्यथा र मायाँ प्रेमका कुरा जस्ताको तस्तै चित्रण गर्न खोज्नुभएको समालोचकहरुले टिप्पणी ग...
मन्त्री भुपाल राईद्वारा चिचिला अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन स्मारिका लोकार्पण ( भिडियाे सहित)
भिडीयाे, समाचार, स्वास्थ्य

मन्त्री भुपाल राईद्वारा चिचिला अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन स्मारिका लोकार्पण ( भिडियाे सहित)

संखुवासभा पौष २ संखुवासभाको चिचिला गाउँपालिकाले चिचिला अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन स्मारिका २०८१ पुस्तक लोकार्पण समारोहको आयोजना गरेको छ । सोमबार कोशी प्रदेश भौतिक पुर्वाधार तथा स्वास्थ्य मन्त्री भुपाल राईले उक्त पुस्तकको लोकार्पण गरेका हुन्। चिचिला गाउँपालिकाको समग्र बिकास, समस्या चुनौती र संम्भावनाका बिषयहरु पुस्तकमा समेटिएका छन् । चिचिला गाउँपालिकाको ऐतिहाँसिक, सामाजिक सास्कृति पक्षलाई बलियो गरि उजागर गरिएको उक्त पुस्तक मकालु साहित्य समाजको संयोजन तथा चिचिला गाउँपालिकाको आर्थिक सहयोगमा प्रकाशन गरि लोकार्पण गरिएको हो । गाउँपालिकाका अध्यक्ष पासाङ्ग सेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका राजनितिक दल, छिमेकी पालिकाका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेलगायत सरकारी तथा गैह्र सरकारी संघसंस्था, नागरिक समाज, संचारकर्मीको बाक्लो उपस्थीति रहेको थियो । कार्यक्रम...
पत्रकार महासंघ अध्यक्ष सहित तिन अर्बूद पदाधिकारी नेपाल पत्रकार महासंघ शाखा संखुवासभामा निर्वाचित
समाचार

पत्रकार महासंघ अध्यक्ष सहित तिन अर्बूद पदाधिकारी नेपाल पत्रकार महासंघ शाखा संखुवासभामा निर्वाचित

मंशिर ३० नेपाल अर्बूद रोग निवारण संस्था संखुवासभाका सभापति कृष्णराज शाक्य नेपाल पत्रकार महासंघ संखुवासभा अध्यक्षमा निर्वाचित भएका छन् । मंशिर २८ गते देशब्यापी रुपमा सम्पन्न भएको नेपाल पत्रकार महासंघको निर्वाचनका क्रममा संखुवासभा शाखाका सभापति समेत रहेका शाक्य भारि मतान्तरले निर्वाचित भएका हुन् । वहाँका उपबिजेतालाई ८ का बिरुद्ध २६ मतले हराउँदै शाक्यले अध्यक्षको पद सम्हालेका हुन् । त्यसैगरि नेपाल अर्बूद रोग निवारण संस्था संखुवासभाका सदस्य सुजन बज्राचार्य पत्रकार महासंघका सहसचिव पदमा निर्वाचित भएका छन् भने अर्बूदका जिल्ला सचिव सुरेन शाक्य महासंघका कार्यसमिति सदस्य पदमा भारि मतान्तरले निर्वाचित भएका छन् । सनिवार स्वागत सम्मान, बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया, निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे ...
पत्रकार महासंघ संखुवासभा शाखाको अध्यक्षमा शाक्य, उपाध्यक्षमा तामाङ र सचिवमा गुरुङ विजयी
समाचार

पत्रकार महासंघ संखुवासभा शाखाको अध्यक्षमा शाक्य, उपाध्यक्षमा तामाङ र सचिवमा गुरुङ विजयी

मंशिर ३० नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको अध्यक्ष पदमा कृष्णराज शाक्य निर्वाचित भएका छन् भने सचिवमा नयाँ पत्रिकाकर्मी नवीन गुरुङ निर्वाचित भएका छन्। नयाँ कार्यसमितिका लागि शुक्रबार सम्पन्न निर्वाचनमा कार्यसमितिको उपाध्यक्षमा मेघराज तामाङ, सहसचिव खुला दुर्गामणि पौडेल,समावेशी सहसचिव सुजन बज्राचार्य र कोषाध्यक्षमा अनिश विष्ट निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत पदम अधिकारीले जानकारी दिए। यसैगरी, सदस्यमा सुरेन शाक्य, खेवाहाङ मेवाहाङ, दुर्गाबहादुर कटुवाल र जनक चापागाईं निर्वाचित भएका छन्। प्रदेश परिषद् सदस्यमा गंगा विष्ट, समीक्षा मगर, माधव सुवेदी र ध्यानबहादुर राई निर्विरोध निर्वाचित भए। यस्तै, केन्द्रीय परिषद् सदस्यमा मोहनकुमार राई निर्विरोध निर्वाचित भएका छन्। नवीन गुरुङ...
पाँच सय ग्राम सुनसहित काभ्रेबाट २ जना पक्राउ
समाचार

पाँच सय ग्राम सुनसहित काभ्रेबाट २ जना पक्राउ

मंशिर २४ काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित २ जना पक्राउ परेका छन् । प्रहरीले जनाए अनुशार आईतबार साँझ रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ पक्राउ परेका हुन् । काठमाडौंबाट बनेपातर्फ अघि बढेको बीएबी ८६०८ नम्बरको कार चेकजाँच गर्ने क्रममा कारको सिट भित्र प्लास्टिकको झोलामा लुकाईएको अवस्थामा प्रहरीले उक्त सुन बरामद गरेको थियो । सुनसहित कारका चालक बसन्त र कारमा सवार अमृतलाई पक्राउ गरि थप अनुशन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।...
नेपाल निर्माण व्यवसायी संघ संखुवासभाद्वारा रत्तदान कार्यक्रम आयाेजना
समाचार, स्वास्थ्य

नेपाल निर्माण व्यवसायी संघ संखुवासभाद्वारा रत्तदान कार्यक्रम आयाेजना

मंशिर २२ १७ औ राष्ट्रिय निर्माण दिवसकाे अवसरमा नेपाल निर्माण व्यवसायी संघ जिल्ला शाखा संखुवासभाले रत्तदान तथा फलफुल वितरण  कार्यक्रमकाे आयाेजना गरेकाे छ । दिवसका अवसरमा संघले शनिबार जिल्ला अस्पताल संखुवासभाकाे प्रांगणमा रक्तदान तथा बिरामिलाई फलफुल वितरणसमेत गरेकाे हाे । आज आयाेजित रक्तदान कार्यक्रममा  सात जना निर्माण ब्यवसायिहरुले रक्तदान गरेका थिए ।कार्यक्रममा निर्माण व्यवसायी संघका अध्यक्ष सन्ताेष राई लागायत संघमा आबद्ध निर्माण ब्यवसायि , पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरी लगायत महासंघमा आबद्ध संञ्चारकर्मी, रेडक्रस शाखा सभापति सराेज बज्राचार्य लगायत रेडक्रस कर्मी, नेपाल अर्बुद राेग निवारण संस्थाका जिल्ला सभापति कृष्णराज शाक्य, उपाध्यक्ष निरञ्जन श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे । निर्माण व्यवसायी संघका अध्यक्ष सन्ताेष राईले  जिल्लामा रगतकाे  कमि...
अफ्रिकामा एमपक्सबाट मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्याे
समाचार, स्वास्थ्य

अफ्रिकामा एमपक्सबाट मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्याे

मंशिर २२ अफ्रिकामा एमपक्स प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या १२ सय पुगेको छ। यो वर्ष अहिलेसम्म रेकर्ड गरिएका मामिलाहरूको सङ्ख्या ६२ हजार नाघेको छ। ‘वर्षको सुरुदेखि २० अफ्रिकी देशहरूमा ६२ हजार १७१ एमपक्स मामिलाहरू रिपोर्ट गरिएको छ’ अफ्रिका सीडीसीका महानिर्देशक जीन क्यासियाले भने, ‘यसमध्ये १३ हजार ५७९ पुष्टि भएको र मर्नेहरूको सङ्ख्या १२ सय पुगेको छ।’ अफ्रिकी युनियनको विशेष स्वास्थ्य सेवा एजेन्सीले गत हप्ता मात्र अफ्रिकी महाद्वीपमा दुई हजार ७०८ नयाँ केसहरू रेकर्ड गरिएको जनाएको छ, जसमा ५६५ पुष्टि भएका घटनाहरू र ३६ मृत्युहरू छन्। ‘यदि हामीले जनवरीको पहिलो हप्तालाई नोभेम्बर सन् २०२३ को अन्तिम हप्तासँग तुलना गर्ने हो भने हामीसँग ७१६ प्रतिशतले वृद्धि भएको छ। यदि हामीले यो प्रवृत्तिलाई निरन्तरता दियौँ भने, सन् २०२४ को अन्त्यसम्ममा हामीसँग केसहरूमा ८०० प्रतिशत भन्दा बढी वृद्धि हुनेछ। काभिड-१९ महामा...
नेपालमा ३ विषादी प्रतिबन्दित
समाचार, स्वास्थ्य

नेपालमा ३ विषादी प्रतिबन्दित

२१ मंसिर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा ३ वटा जीवनाशक विषादी प्रयोगमा तिबन्ध लगाएको छ । मन्त्रालयले राजपत्रमा सूचना जारिगर्दै २ कीटनाशक र एउटा झारपातनाशक विषादीमा प्रतिबन्ध लगाएको हो । सूचना अनुसार ‘पाराक्वाटरपाराडाइक्लोराइड’ नामक झारपातनाशक विषादी नेपालमा प्रतिबन्ध लगाएको हो । यस्तै ‘क्लोरोपाइरिफस’ र ‘फोरेट’ नामक किटनाशक विषादीमा प्रतिबन्ध लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। जीवनाशक विषादी व्यवस्थापन समितिले २५ असारमा पाराक्वाटरपाराडाइक्लोराइड झारपातनाशक विषादी र क्लोरोपाइरिफस कीटनाशक विषादी प्रतिबन्ध गर्न मन्त्रालयलाई पत्राचार गरिएको जनाईएको छ । यी विषादी अब उत्पादन, संश्लेषण, निकासी र पैठारीमा प्रतिबन्ध हुनेछ । मन्त्रालयका अनुसार सूचना प्रकाशन हुनुअघि नेपालमा पैठारी भएका विषादी खपत गर्न दुई वर्षको समयावधि तोकिएको छ । जीवनाशक विषादी व्यवस्...
शिक्षकको तलब भत्ता मासिक रूपमा भुक्तानी गर्न पालिकाहरूलाई मन्त्रालयको अनुरोध
शिक्षा, समाचार

शिक्षकको तलब भत्ता मासिक रूपमा भुक्तानी गर्न पालिकाहरूलाई मन्त्रालयको अनुरोध

मंसिर २१ नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मासिक रुपमा शिक्षकहरुलाई तलब भत्ता उपलब्ध गराउन पालिकाहरुलाई अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रको आधारलार्ई मान्दै देशका सात सय ५३ वटै पालिकालाई परिपत्र जारि गरिएको मन्त्रालयले जनाएको छ । शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पाउनुपर्ने तलब भत्ता मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था गरिएको मन्त्रालयद्वारा लिखित पत्रमा जनाईएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यस अघि नै शिक्षकहरूलाई मासिक रूपमा तलब भत्ता निकासा गर्न पालिकाहरूलाई पत्राचार गर्दैआएको थियो । चौमासिक रूपमा तलब पाउँदै आएका शिक्षकहरूले दैनीक जिवनमा असहज भएको भन्दै अन्य निजामति सरह शिक्षकहरुलाई पनि माशिक रुपमा तलब भत्ता दिन माग राख्...
नेपाल प्रहरीमा १ हजार २०० भन्दा बढी संख्यामा भर्ना खुल्यो
समाचार

नेपाल प्रहरीमा १ हजार २०० भन्दा बढी संख्यामा भर्ना खुल्यो

मंशिर २१ नेपाल प्रहरीमा १ हजार २ सयभन्दा बढी संख्यामा नयाँ भर्ना खुलेको छ । जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र कार्यालय सहयोगी पदमा भर्ना खुलेको हो । प्रहरी जवानमा १ हजार १६५ जना, कार्यालय सहयोगी (भान्छे) पदमा ४७ र कूचीकार पदमा ११ जनाका लागि भर्ना खुलेको हो । भर्ना फारम बुझाउने म्याद यही मंसिर २७ गतेदेखि पुस ७ गतेसम्म छ ।...