उर्जामन्त्रीको पहलमा संखुवासभाको मनकामना धाम संरक्षणका लागि बाँध निर्माण
खाँदबारी, २९ माघ
पूर्वको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल संखुवासभाको मनकामना धाम संरक्षणका लागि बाँध निर्माण गरिएको छ ।
संसारको सबैभन्दा होचो उपत्यका अरुण उपत्यकामा अवस्थित प्रसिद्ध मनकामना मन्दिरमा क्षेत्रमा अरुण नदीले क्षति पु¥याएपछि त्यसको संरक्षणका लागि बाँध निर्माण गरिएको हो ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा सिंचाई विभागले उक्त धाम संरक्षणका लागि आवश्यक वजेट विनियोजन गरेसँगै संरक्षणको कामले गति लिएको हो । विगत तीन वर्षदेखि सप्तकोशी नदीको मुख्य सहायक नदीको रुपमा रहेको अरुण नदीले आफ्नो वहाव क्षेत्र परिवर्तन गरि मनकामना धाम तर्फको क्षेत्र कटान गर्दै आएको थियो ।
उक्त कटानका कारण सम्पूर्ण मनकामना धाम तथा ज्येष्ठ नागरिक आवास क्षेत्र समेतमा गम्भीर क्षति पुग्ने अवस्था सिर्जना भएको थियो । यसै हिँउद याममा मनकामना धाम क्षेत्र तटबन्धन गरी संरक्षण नगरेमा मनकामना ध...









