Blog - साझाकुरा
शुक्रबार, जेष्ठ २९, २०८३

Blog

सेप्टेम्बर २३ देखि पोखरा–दुबई सिधा उडान हुने
अन्तर्राष्ट्रिय, समाचार

सेप्टेम्बर २३ देखि पोखरा–दुबई सिधा उडान हुने

पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि आगामि सेप्टेम्बर २३ देखि पोखरा–दुबई रुटमा सिधा हवाई उडान सुरु हुने भएको छ। प्रारम्भिक रुपमा एकमहिनाका लागि यो रुटमा उडान गर्नका लागि फ्लाई दुबईले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०बाट अनुमति लिएको छ। २३ सेप्टेम्बरबाट सुरु हुने पहिलो उडान एकमहिनापछि २४ अक्टोबरमा सकिनेछ। पहिलो चरणमा हरेक दिन यो रुटमा उडान हुने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए। उनका अनुसार फ्लाई दुबईको बोइङ ७३७ जहाजले यो रुटमा उडान गर्नेछ। १ सय ६६ सिट क्षमताको यो जहाजले एकमहिनाका लागि सेड्यूल फ्लाईटको अनुमति दिएको प्राधिकरणका प्रवक्ता भूलले जानकारी दिए। पोखराबाट उडेको जहाज सिधै दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। ...
विश्वकप हेर्न जाँदै गरेका एन्फा अध्यक्ष र महासचिवलाई त्रिभुवन विमानस्थलबाट फर्काइयो
समाचार

विश्वकप हेर्न जाँदै गरेका एन्फा अध्यक्ष र महासचिवलाई त्रिभुवन विमानस्थलबाट फर्काइयो

जेष्ठ २६ फिफा विश्वकप फुटबल हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएका छन् । उनीहरु आज बिहान मेक्सिको जाँदै थिए । उनीहरु कालोसूचीमा रहेकाले विमानस्थलबाट फर्काइएको अध्यागमन स्रोतले बतायो । ...
शिहेश्वरि माध्यमिक विद्यालय मकालु-५ नुममा एकदिवसिय बिपद प्रतिकार्य तालिम
शिक्षा, समाचार

शिहेश्वरि माध्यमिक विद्यालय मकालु-५ नुममा एकदिवसिय बिपद प्रतिकार्य तालिम

शिहेश्वरि माध्यमिक विद्यालय मकालु-५ नुममा एकदिवसिय बिपद प्रतिकार्य तालिम सम्पन्न भएकाे छ । ईन्द्रदल गुल्म खांदबारिकाे आयाेजनामा साे तालिम सम्पन्न भएकाे हाे । उक्त तालिममा कक्षा ९ र १० का १ सय १५ छात्र ,छात्राले बिपद प्रतिकार्यकाे कक्षामै तालिम प्रापत गरेका थिए भने स्कुल प्राङ्गणमा करिब ४ सय ५० बढि शिक्षक र विद्यार्थीलाई बिपद प्रतिकार्य सम्बन्धि प्रयाेगात्मक प्रशिक्षण दिईएकाे थियाे । कार्यक्रममा अग्नि जन्य बिपद, बाढिपहिराे र उद्धार र राहत सम्बन्धि प्रशिक्षण दिईएकाे थियाे । यस्ता प्राकृतिक बिपदहरु जुनसुकै समयमा आउनसक्ने भएकाले सँधै सचेत रहनुपर्नेमा जाेड दिईएकाे थियाे ।...
गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ
समाचार

गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ

जेष्ठ २६ गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट दुई मन्त्रीलाई सपथ खाएका हुन् ।
लुम्बिनीमा भुमिगत बंकर बनाउँदै अमेरिकी संस्था
मुख्य समाचार, समाचार

लुम्बिनीमा भुमिगत बंकर बनाउँदै अमेरिकी संस्था

लुम्बिनीको भावी गुरुयोजनाविपरीत अमेरिकी संस्था राडरिक यासे इन्कले भूमिगत बंकर निर्माण गरेको भन्दै बिबाद उत्पन्न भएको छ । सन् २०१३ मा युनिभर्सल पिस सेन्चुरीका नामबाट राडरिक यासे इन्क नामक संस्थाले लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको शान्तिवार्ताका लागि सुबिधा सम्पन्न बैठक÷ सम्मेलनस्थल बनाउने अभियानस्वरूप धर्मगुरु साल्पा रिम्बोचेले पुर्वाधार निर्माण अभियान सुरु गरेको थियो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको संरचनाको हालसम्म ३० प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको उल्लेख गरिएको छ । तर, उक्त राडरिक यासे इन्क नामक संस्थाले विभिन्न सरकारका पालामा थप दुईवटा प्लट लिई भूमिगत बंकर नै निर्माण गर्न थालेपछि बिवाद सतहमा आएको स्थानीयको भनाई छ । लुम्बिनी शान्तिभुमीमा लुम्बिनी विकास कोषले उपलब्ध गराएको जग्गामा भूमिगत बंकर निर्माण गरिएपछि युनिभर्सल पिस सेन्चुरीका धर्मगुरु साल्पा अहिल...
भारत जाने टिकटका यात्रु दुबई पुगेको घटनामा नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ
अन्तर्राष्ट्रिय, समाचार

भारत जाने टिकटका यात्रु दुबई पुगेको घटनामा नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

जेष्ठ २५ भारत जाने टिकट काटेका यात्रु दुबई पुगेको घटनामा नेपाल एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई कर्मचारीलाई आइतबार पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा सुमीत्रा चन्द र प्रवीण लामिछाने रहेका छन् । उनीहरू दुवै करारका ग्राउण्ड ह्याण्डलिङ स्टाफ भएको बताईएको छ । भारतको इन्डिगो एयरको उडान भएका एक भारतीय यात्रु भारत जान अध्यागमन जाँचपास भएर वेटिङ रुममा पुगेका थिए । त्यहाँ पुगेपछि वायुसेवा निगमका कर्मचारी चन्दले फ्लाई दुबईबाट दुबई जाने बोर्डिङ पास दिएको भेटिएको हो । ती भारतीय नागरिक जेठ ३ गते दुबई उडेका थिए । नेपालबाट तेस्रो मुलुक जानुपरे भारतीय नागरिकले नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) पेस गर्नुपर्ने प्रावधान रहेको छ । अध्यागमन विभागले यसबारे प्रहरीलाई पत्राचार गरेपछि प्रहर...
पत्रकार महासंघ संखुवासभाद्धारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर
बिज्ञापन/सुचना, समाचार

पत्रकार महासंघ संखुवासभाद्धारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर

जेष्ठ २५ संखुवासभा सरकारले गत चैत्र १८ गते सरकारी कार्यालयहरुलाई पत्राचार गर्दै सुचना बिज्ञापनहरु सरकारी संचार माध्यमहरुलाई मात्रै उपलब्ध गराउन दिएको निर्देशनको बिरोध गर्दै नेपाल पत्रकार महासंघ संखुवासभाले प्रमुख जिल्ला अधिकारी श्रृजना थपलिया मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । गत जेष्ठ ८ गतेदेखि ११ गते सम्म सरकारको रबैया बिरुद्ध संचालन गरिएको हस्ताक्षर संकलन गरि सरकार ध्यानाकर्षण गराउन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाउने राष्ट्रिय अभियान अन्तर्गत संकलित हस्ताक्षर बुझाईएको नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई बुझाईएको उक्त हस्ताक्षर आजै प्र्रधानमन्त्री कार्यालय समक्ष बुझाईने प्रमुख जिल्ला अधिकारी श्रृजना थपलियाले प्रतिवद्धता जनाउनु भएको थियो । संकलित हस्ताक्षर नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सद...
श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन
राजनीति, समाचार

श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन

संखुवासभा जेष्ठ २४ राष्ट्रिय स्वतन्त्र र्पािर्ट संखुवासभाले पुन भक्त नारायण श्रेष्ठको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रुपले चयन गरेको छ । हिजो संखुवासभाको खाँदबारीमा प्रतिनिधिसभा सदस्य डा। सुजाता तामाङले उद्घाटन गर्नुभएकोे प्रथम ऐतिहाँसिक जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको र आज थप छलफल पछि २१ सदस्यीय नयाँ कार्यसमितिलाई पुर्णता दिईएको नवनिर्वाचित जिल्ला सचिव सुनिल श्रेष्ठले जानकारी दिनुभयो । शनिबार सम्पन्न अधिवेशनले श्रेष्ठलाई पुनः जिल्ला सभापतिको जिम्मेवारी सुम्पेको हो । पार्टीका संस्थापक जिल्ला सभापतिसमेत रहनुभएका भक्त नारायण श्रेष्ठलाई अधिवेशनमा उपस्थीत नेता कार्यकर्ताले बिगतमा वहाँले संगठन निर्माणको क्रममा गर्नूभएको मेहनत र पार्टि संगठन प्रतिको लगावका कारण प्रतिनिधीहरुले सर्बसम्मत रुपमा निर्वाचित गरेको जनाईएको छ । श्रेष्ठ स्थापनाकालदेखि नै सङ्...
राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टिको प्रथम ऐतिहाँसिक जिल्ला अधिवेशन खाँदबारीमा शुरु जेष्ठ २३ संखुवासभा । राष्ट्रिय स्वतन्त्र पार्टि संखुवासभाको प्रथम ऐतिहाँसिक जिल्ला अधिवेशन संखुवासभाको खाँदबारीमा शुरु भएको छ । जिल्ला सभापति भक्त नारायण श्रेष्ठको सभापतित्वमा भएको अधिेवेशन उद्घाटन समारोहमा राजनितिक दलका प्रमुख तथा प्रतिनिधी र राष्ट्रिय प्रजातन्त्र पार्टिका नेता कार्यकर्ताको उल्लेख्य उपस्थीति रहेको थियो । कार्यक्रममा शुभकामना दिने क्रममा जनता समाजबादी पार्टिका नेता सिताराम तिम्सीनाले लामो समय देखि नेपालको राजनितिलाई आफ्नो पोल्टामा पारदै आएका ठुला राजनितिक दलका नेतृृत्वले पार्टिलाई सहि ढंगले नेतृत्व गर्न नसकेका कारण जनताले बैकल्पिक पार्टिका रुपमा रास्वपा संग आशा राखेर दुई तिहाँई नजिकको मयंङकर ठुलो पार्टिका रुपमा निर्वाचित गराएको धारणा राख्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य राख्नुहुँदै ने...
बाढि पहिरोले पाँचखपन(चैनपुर सडकखण्ड अवरुद्ध
समाचार

बाढि पहिरोले पाँचखपन(चैनपुर सडकखण्ड अवरुद्ध

जेष्ठ २३ शुक्रबार राति आएको अबिरल बर्षादका कारण सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । पहिरोले पाँचखपन नगरपालिका अन्तरर्गत बिहिबारे(भैसीचोक–पिपलडाँडा सडक खण्ड अवरुद्ध भएको हो । शुक्रबार राति लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर नगरपालिका र पाँचखपन जोड्ने बिहिबारे–भैसीचोक–पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । अविरल वर्षाका कारण पाँचखपन —७ र ८ को बीचमा पर्ने चिङखुवा खोलामा आएको बाढीका कारण बिहिबारे पोख्राङस्थीत भित्री सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी निरीक्षक राजवंशीले जनाए । पहिरोले पाँचपन चैनपुर सडक खण्डमा १५ मिटर बढी सडक पुर्णरुपमा क्षतिग्रस्त बनेको छ । कल्लेरी क्षेत्रमा आएको चिउंखुवा खोलाको बाढीले सडकमा ठूलो क्षति पुर्‍याएपछि आवागमन पुर्ण रुपमा ठप्प भएको ...