श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन
संखुवासभा जेष्ठ २४
राष्ट्रिय स्वतन्त्र र्पािर्ट संखुवासभाले पुन भक्त नारायण श्रेष्ठको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रुपले चयन गरेको छ ।
हिजो संखुवासभाको खाँदबारीमा प्रतिनिधिसभा सदस्य डा। सुजाता तामाङले उद्घाटन गर्नुभएकोे प्रथम ऐतिहाँसिक जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको र आज थप छलफल पछि २१ सदस्यीय नयाँ कार्यसमितिलाई पुर्णता दिईएको नवनिर्वाचित जिल्ला सचिव सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।
शनिबार सम्पन्न अधिवेशनले श्रेष्ठलाई पुनः जिल्ला सभापतिको जिम्मेवारी सुम्पेको हो । पार्टीका संस्थापक जिल्ला सभापतिसमेत रहनुभएका भक्त नारायण श्रेष्ठलाई अधिवेशनमा उपस्थीत नेता कार्यकर्ताले बिगतमा वहाँले संगठन निर्माणको क्रममा गर्नूभएको मेहनत र पार्टि संगठन प्रतिको लगावका कारण प्रतिनिधीहरुले सर्बसम्मत रुपमा निर्वाचित गरेको जनाईएको छ । श्रेष्ठ स्थापनाकालदेखि नै सङ्...









