साँसदहरुद्वारा खाँदबारी– किमाथांका सडक अनुगमन
संखुवासभा फागुन ८
तसबीरः नवीन गुरुङ्ग
राष्ट्रिय सभाका साँसदहरु यतिवेला काशी कोरिडोरको सडक अनुगमनका लागि संखुवासभामा आईपुगेका छन् । उनिहरुले संखुवासभा भ्रमणका क्रममा भोटखोला ४ स्थीत बरुण बजार सम्मको सडक अनुगमन गर्ने उत्तर दक्षिण कोशी सडकका कार्यालय प्रमुख राम बहादुर गुरुङ्गले जानकारी दिए ।
१६२ किलोमिटर लम्बाई रहेको खाँदबारी किमाथांंका सडकको अनुगमनका क्रममा काठमाण्डौबाट हवाई उडानमार्फत तुम्लिंङ्टार बिमानस्थल ओर्लिएको अनुगमन टोलिमा राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनामा ग्याल्जेन शेर्पा, सदस्यहरु किरणबाबु श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, दुर्गाकुमारी गुरुङ, मनरुपा शर्मा र राजेन्द्रलक्ष्मी गैरेसहित समितिका कर्मचारी उपसचिव सरस्वती मरहठ्ठा र शाखा अधिकृत नारायणबहादुर कार्की रहेको उत्तर दक्षिण कोशी सडक कार्यालय ...









