अपराध Archives - साझाकुरा
बिहिबार, बैशाख ३१, २०८३

अपराध

जिउँदो व्यक्तिको मृत्युदर्ता प्रमाणपत्र बनाउने वडाध्यक्षसहित तीनजना कारागार चलान
अपराध, समाचार

जिउँदो व्यक्तिको मृत्युदर्ता प्रमाणपत्र बनाउने वडाध्यक्षसहित तीनजना कारागार चलान

वैशाख २५, परासीः जिउँदो व्यक्तिलाई मरेकोको भनेर मृत्यु दर्ता प्रमाणपत्र बनाइदिएको भन्दै जिल्ला अदालत नवलपरासीले वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ। सुस्ता गाउँपालिका–५ रामनगरका ६६ वर्षीय जमालुद्दिन मुसलमान जीवितै हुँदा हुँदै उनको मृत्यु दर्ता प्रमाणपत्र बनाईदिएपछि उनीहरूमाथि ‘झुठा विवरण पेश गरी व्यक्तिगत घटना दर्ता गरेरगराएको सम्बन्धी कसुर’ मा मुद्दा दायर गरिएको बताईएको छ । उक्त प्रकरणमा संलग्न रहेका ११ मध्ये दुई जनालाई धरौटीमा रिहा गरिएको छ भने अन्य ६ जना फरार रहेका छन्। पुर्पक्षका लागि थुनामा पठाइएकामा वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरी र तारिख मिया रहेको जिल्ला अदालत नवलपरासीका सूचना अधिकारी भेषराज खनालले बताए ।...
पोखरा विमानस्थल निर्माणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा
अपराध, समाचार

पोखरा विमानस्थल निर्माणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा

बैसाख २४ पोखरा विमानस्थल निर्माण गर्नै क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धानले तत्कालीन अर्थमन्त्री कार्कीसहित १४ जना विरुद्ध मुद्दा दायर भएको जनाएको हो । अख्तियारको दाबीमा ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व छुट दिएर उनीहरूले भ्रष्टाचार गरेको दाबीसहित आरोपपत्र पेश भएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले बताए । तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसहित अर्थसचिव शंकर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवद्वय सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव ९तत्कालीन सहसचिव केवल भण्डारी, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्म...
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच पक्राउ
अपराध, समाचार

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच पक्राउ

वैशाख २३ बिदेशमा आकर्षक तलबमा रोजगारी दिलाउने प्रलोभनमा रकम ठगि गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । । उनिहरुले माल्टा, क्रोएसिया, क्यानडा र मकाउमा आकर्षक रोजगारी दिलाउने प्रलोभनमा फसाई ५० लाखभन्दा बढी ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यसरी ठगि गर्नेहरुमा बागलुङको काठेखोला गाउँपालिका–३ का २२ वर्षीय सन्दीप थापा मगर, काठमाडौं महानगरपालिका–३ का ४३ वर्षीय निरबहादुर कार्की, सर्लाहीको चक्रघट्टा गाउँपालिका–२ का ३९ वर्षीय विजयकुमार यादव, काठमाडौं चन्द्रागिरी नगरपालिका–५ का चिरन्जिवी अधिकारी र रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ का ३० वर्षीय प्रवेश गुरूङलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी श्रोतले उल्लेख गरेको छ।...
अपराध, समाचार

मानव बेचबिखन आरोपमा एक पक्राउ

बैसाख २२ मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्जबाट सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नपा–१ का २९ वर्षीय सुजन लामा भन्ने पासाङ तामाङलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले बुधबार साँझ ७ बजेको समयमा वीरगन्जस्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको जनाएको छ । वीरगन्ज–१६ शंकराचार्य गेटस्थित सडक खण्डमा प्रहरी चौकी ईनरुवाबाट खटिएको प्रहरीको चेकिङ गस्तीले नेपालबाट भारततर्फ जाँदै गरेका एक पुरुष तथा १ युवतीलाई रोकेर सोधपुछ गर्दा शंकास्पद जवाफ आएकाले उनीहरुलाई निण्न्त्रणमा लिई थप अनुशन्धान गरिएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार क्रममा तामाङले वीरगन्ज नजिक कपडा कारखानामा आकर्षक रोजगारि दिलाउने प्रलोभन देखाएई भारत लैजान लागेको खुलासा भएको प्रहरीले जनाएको छ । तामाङलाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसुरमा पर्सा जिल्ला अदाल...
सुधार केन्द्रमा कुटपिट गरिएको घटना बाहिरियो
अपराध, समाचार

सुधार केन्द्रमा कुटपिट गरिएको घटना बाहिरियो

वैशाख २२, रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा आश्रित एक युवकमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको घटना बाहिरिएको छ। सुधार केन्द्रमा एक युवकको खुट्टामा पाइपले हिर्काएको पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। राइजिङ नेपाल सुधार केन्द्रभित्र तीन जनाले एक युवकलाई लडाएर समाउँछन्। अर्का एक जनाले सेतो पाइपले पैतलामा लगातार कुटपिट गरेको भिडियोमा प्रस्ट देखिन्छ। ४१ सेकेन्ड लामो भिडियोमा कुटपिटबाट युवक कराएको आवाज बाहिरिन नदिन पृष्ठभूमिमा ठूलो आवाजमा संगीत बजाएको सुनिन्छ। सुधार केन्द्रका सञ्चालक सुरजकुमार गुप्ताले आफूले राखेको गौरका स्थानीय कर्मचारीले ७र८ महिना अघि भिडियो बनाएको र उनीहरूले लागूऔषध सेवन गरेको फेला पारेर निकालेपछि भिडियो भाइरल गरेको दाबी गरे। ‘विकास गुप्ता भन्ने मेरो पुरानो कर्मचारीले मलाई बदनाम गर...
पालिका अध्यक्ष यादव पक्राउपछि डोम परिवार विस्थापित
अपराध, समाचार

पालिका अध्यक्ष यादव पक्राउपछि डोम परिवार विस्थापित

९ चैत, जनकपुरधाम विष्णु महायज्ञ संचालनका लागि गत फागुन १० गते औरही गाउँपालिका ५ स्थित रहेको दीपक मरिकको घरमा डोगर प्रयोग गरि भत्काएको आरोपमा पालिका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि पिडित दीपक मरिक डोमको परिवार गाउँबाटै विस्थापित भएका छन् । गाउँपालिका अध्यक्षका आफन्त र समर्थकको धम्कि थेग्न नसकेपछि गए रातिदेखि नै दीपक मरिक र उनको परिवार बिस्थापित भएको जनाईएको छ । दलित माथी अन्याय गरेको घटना सार्वजनिक भएपछि त्यसमा संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का वडाध्यक्ष दिलीप यादवलाई प्रहरीले साँझ पक्राउ गरेको हो । त्यसपछि गाउँपालिका अध्यक्षको आफन्त र समर्थकले धम्कि दिएको भन्दै दीपक र अनिता आफ्ना लालाबाला च्यापेर राति नै वडा नम्बर ४ कोमलपुरमा रहेको दलित आयोगका पूर्वसदस्य कवुली पासवानको घरमा आश्रय लिन पुगेको बताईएको छ । ...
भोजपुरमा लागु औषधसहित तीन जना पक्राउ
अपराध, समाचार

भोजपुरमा लागु औषधसहित तीन जना पक्राउ

माघ २७ भोजपुरमा लागु औषध सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुका कन्चन बस्नेत, भोजपुर नगरपालिका–९ ठेगाना रहेका अनिल राई र रमेश राई लागु औषध र नगद सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक अरविन्द्र शाहले जानकारी दिए । केहि ब्यक्तिहरुले लागु पदार्थ सेवन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले निगरानि बढाउँदा टेम्केमैयुङ गाउँपालिका २ का कन्चन बस्नेतको साथबाट १० चक्की ट्रमाडोल र १० चक्की स्पास्पेन चक्की बरामद गरिएको र शोधपुछका क्रममा उनले अनील राई र रमेश राईबाट किनेर ल्याएको भन्ने खुलेपछि प्रहरीले उनीहरुको घर कोठामा खानतलासी गर्दा दुई हजार ५० चक्की ट्रमाडोल, दुई हजार ७० स्पास्पेन, नगद ९७ हजार दश, एक सय वीस ग्राम गाजा र २ थान मोवाईल बरामद गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रक्राउ परेका तीनै जनालाई जि...
प्रेम प्रस्ताव अस्वीकार गर्दा अछाममा दुई किशोरीको हत्या भएको पुष्टि
अपराध, समाचार

प्रेम प्रस्ताव अस्वीकार गर्दा अछाममा दुई किशोरीको हत्या भएको पुष्टि

माघ १९, अछाममा अघिल्लो शनिवार मृत फेला परेका दुई किसोरीको प्रेम प्रस्ताव अस्वीकार गरेका कारण हत्या भएको खुल्न आएको छ । अछामको ढकारी गाउँपालिका–१ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या गरिएको प्रहरीले निश्कर्ष निकालेको हो । गएको शुक्रवार गोठालो गएका इशरा र सरस्वतीको हत्या आशंकामा पक्राउ परेका तिन मध्ये दुई किशोरले घटनाको स्वीकार गरेको पत्रकार सम्मेलनमार्फत अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारी जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अछाम प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा दुई जना किशोरीको हत्या भएको खुलेको हो । अघिल्लो शुक्रवार बाख्रा चराउनका गएका दुई जना किशोरी घर नफर्किए पछि खोजि गर्दै जाँदा अर्को दिन शनिवार शरीरमा ढु...
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट चार जना पक्राउ
अपराध, समाचार

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट चार जना पक्राउ

माघ १९, मानव बेचबिखनमा सलंग्न रहेको आरोपमा पर्साको वीरगञ्जबाट चार जनालाई पक्राउ गरिएको छ । प्रहरी चौकी पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका– १६ भन्सार नजिकै रहेको एक होटलबाट भारतको विहारका ३५ वर्षीय मनेजर राय, महोत्तरी भंगहा नगरपालिका–२ टिकुलियाकी ३२ वर्षीया सुक्राति चौधरी, ओखलढुंगा देयाले गाउँपालिका–५ का ३३ वर्षीय दिपेश राई र बारा जितपुर सिमरा–१४ बस्ने ३८ वर्षीया मिराकुमारी महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सुवास भट्टले जनाए । पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसूरमा जिल्ला अदालत पर्साबाट सात दिन म्याद थपको अनुमति लिइ थप अनुसन्धान प्रकृया अगाडि बढाईएको र उनिहरुको नियन्त्रणमा रहेका दुई जना महिलाको उद्धार गरेको प्रहरीको भनाई छ । ...
लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन चार राउण्ड गोली प्रहार
अपराध, समाचार

लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन चार राउण्ड गोली प्रहार

माघ १८ नवलपरासीमा लागूऔषध कारोबारीलाई समात्न चार राउन्ड गोली प्रहार, एक जना घाइते माघ १८, लागु औषध कारोबारीलाई पक्रन प्रहरीले पश्चिम नवलपरासीमा ४ राउण्ड गोली प्रहार गरेको छ । नवलपरासीको नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरमा लुकाई छिपाई राखिएको लागूऔषध नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गर्नूपरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए । लोनियाले ब्यवसायिक कारोबारका लागि लागूऔषध लुकाईराखेको सूचनाका आधारमा लागूऔषध नियन्त्रणमा लिन प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा ५ जनाको टोली खटिएको थियो । प्रहरीले खानतलासी गर्दा लोनियाले प्रहरीमाथि आक्रमण गर्न खोजेको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ । लोनिया भाग्न खोज्दा प्रहरीले गोली चलाएको र उनको बायाँ खुट्टामा गोलीको छर्रा समेत लागेको प्रहरीले जनाएको छ । छर्राबाट ...