धनकुटामा बस दुर्घटनामा परि घाईते भएका १४ मध्ये एकको मुत्यु,
२२ वैशाख २०८२
धरानबाट भोजपुरका लागि छुटेको १ ख २१७७ नम्बरको बस धनकुटाको गोठगाउँमा दुर्घटना हुँदा १३ जना घाईते भएका छन् भने १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी घाईते भएका १४ जना मध्ये एक जनाको मृत्यु भएको छ भने अन्य तीन जनाको गंभिर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घाइतेलाई उद्धार गरी थप उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याईएको छ । सोमबार बिहान करिव १०ः२० बजे धनकुटा नगरपालिका–६ गोठगाँउस्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस सडकबाट खस्दा दुर्घटना भएको हो ।
उक्त घटनामा घाइतेमध्ये धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीया कृष्णकुमारी राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । घाईतेहुने हरुमा भोजपुर षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, बस चालक सुनसरीको धरा...









