अन्तर्राष्ट्रिय Archives - साझाकुरा
सोमवार, असार ८, २०८३

अन्तर्राष्ट्रिय

सेप्टेम्बर २३ देखि पोखरा–दुबई सिधा उडान हुने
अन्तर्राष्ट्रिय, समाचार

सेप्टेम्बर २३ देखि पोखरा–दुबई सिधा उडान हुने

पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि आगामि सेप्टेम्बर २३ देखि पोखरा–दुबई रुटमा सिधा हवाई उडान सुरु हुने भएको छ। प्रारम्भिक रुपमा एकमहिनाका लागि यो रुटमा उडान गर्नका लागि फ्लाई दुबईले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०बाट अनुमति लिएको छ। २३ सेप्टेम्बरबाट सुरु हुने पहिलो उडान एकमहिनापछि २४ अक्टोबरमा सकिनेछ। पहिलो चरणमा हरेक दिन यो रुटमा उडान हुने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए। उनका अनुसार फ्लाई दुबईको बोइङ ७३७ जहाजले यो रुटमा उडान गर्नेछ। १ सय ६६ सिट क्षमताको यो जहाजले एकमहिनाका लागि सेड्यूल फ्लाईटको अनुमति दिएको प्राधिकरणका प्रवक्ता भूलले जानकारी दिए। पोखराबाट उडेको जहाज सिधै दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। ...
भारत जाने टिकटका यात्रु दुबई पुगेको घटनामा नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ
अन्तर्राष्ट्रिय, समाचार

भारत जाने टिकटका यात्रु दुबई पुगेको घटनामा नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

जेष्ठ २५ भारत जाने टिकट काटेका यात्रु दुबई पुगेको घटनामा नेपाल एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई कर्मचारीलाई आइतबार पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा सुमीत्रा चन्द र प्रवीण लामिछाने रहेका छन् । उनीहरू दुवै करारका ग्राउण्ड ह्याण्डलिङ स्टाफ भएको बताईएको छ । भारतको इन्डिगो एयरको उडान भएका एक भारतीय यात्रु भारत जान अध्यागमन जाँचपास भएर वेटिङ रुममा पुगेका थिए । त्यहाँ पुगेपछि वायुसेवा निगमका कर्मचारी चन्दले फ्लाई दुबईबाट दुबई जाने बोर्डिङ पास दिएको भेटिएको हो । ती भारतीय नागरिक जेठ ३ गते दुबई उडेका थिए । नेपालबाट तेस्रो मुलुक जानुपरे भारतीय नागरिकले नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) पेस गर्नुपर्ने प्रावधान रहेको छ । अध्यागमन विभागले यसबारे प्रहरीलाई पत्राचार गरेपछि प्रहर...
वातावरण दिवसका अवसरमा बृक्षारोपण
अन्तर्राष्ट्रिय, समाचार

वातावरण दिवसका अवसरमा बृक्षारोपण

जेष्ठ २२ डिभिजन बन कार्यालय संखुवसभाले बिश्व वातावरण दिवसका अवसरमा बृक्षा रोपण कार्यक्रम आयोजना गरेको छ । संबृद्ध भविष्यको आधार जलवायु एवम् प्रकृतिमैत्री विकास भन्ने मूल नाराका साथ मनाइएको वातावरण दिवसका अवसरमा संखुवासभा खाँदबारी ७ मा रहेको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयको हाता र यसको आसपासको क्षेत्रमा बृक्षा रोपण गरिएको हो । कल्कि, एभोकार्डो, तेजपत्ता, रुद्राक्ष लगायतका बिरुवा तथा फलफूलका करिव १५० वटा विरुवाहरू रोपण गरिएको छ। बृक्षा रोपण कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी श्रृजना थपलिया, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, सञ्चारकर्मी , खाँदबारी एफएमका अध्यक्ष सरोज बज्राचार्य, विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय तथा त्यसको केन्द्रीय कलेजमा अध्ययनरत एमएससी प्रथम सेमेस्टरका विद्यार्थी लगायतको सहभागिता रहेको थियो । जिल्लाको दिगो वातावरणीय संवर्द्...
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० पर्वतारोही बेपत्ता
अन्तर्राष्ट्रिय, समाचार

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० पर्वतारोही बेपत्ता

बैसाख २६ इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको ‘माउन्ट डुकोनो’ ज्वालामुखी विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार बेपत्ता हुनेहरूमा नौ जना सिंगापुरका नागरिक रहेका छन् । उक्त विस्फोटका कारण करिब १० किलोमिटर वरपरको क्षेत्रको हावामा धूवाँधूलो फैलिएको छ । उद्धार टाेलीले बेपत्ता २० जनाको खोजी कार्य गरिरहेकाे अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । ...
विश्वभर हन्टाभाइरसको त्रास: क्रूज शिपमा ३ यात्रुको मृत्यु, १५० भन्दा बढीको खोजी कार्य जारी
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्वभर हन्टाभाइरसको त्रास: क्रूज शिपमा ३ यात्रुको मृत्यु, १५० भन्दा बढीको खोजी कार्य जारी

बैसाख २६ गत अप्रिल १ मा अर्जेन्टिनाकाे एक डच कम्पनीको 'एमभी होन्डियस' नामक जहाजमा यात्रा गरेका यात्रुहरूमा हन्टाभाइरसको 'एन्डेस स्ट्रेन देखिएपछि विशेषज्ञहरूले चिन्ता मानेका छन्। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार यो संक्रमण हन्टाभाइरसको 'एन्डेस स्ट्रेन' हो। सामान्यतया मुसाबाट मानिसमा सर्ने यो भाइरस यसपटक भने मानिसबाट मानिसमा सरेको पाइएको छ, हालसम्म ५ जनामा संक्रमण पुष्टि भएको छ भने ३ जनाको दुखद मृत्यु भइसकेको जनाईएकाे छ । जहाजमा २८ विभिन्न देशका १५० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरू सवार थिए, जो अहिले विश्वका विभिन्न कुनामा पुगिसकेका छन्। । बेलायती स्वास्थ्य निकायले आफ्ना ३ नागरिकमा संक्रमणको आशंका गर्दै निगरानी बढाएको छ। अमेरिकाका ५ वटा राज्यमा पनि उक्त जहाजमा यात्रा गरेका व्यक्तिहरूको खोजी भइरहेको छ। चिकित्सकहरूका अनुसार हन्टाभाइरस लागेमा सुरुमा ज्वरो आउने, अत्यधिक थकान मह...
जोगवनी नाका प्रवेशमा कडाइ, परिचयपत्र अनिवार्य
अन्तर्राष्ट्रिय, समाचार

जोगवनी नाका प्रवेशमा कडाइ, परिचयपत्र अनिवार्य

बैसाख २६ भारतको जोगवनी हुँदै विराटनगरको रानी नाका भएर नेपाल प्रवेशमा कडाई गरिएको छ । नाका प्रवेश गर्ने यात्रुले अनिवार्य रुपले परिचयपत्र देखाउनुपर्ने नियम लागु गरिएको हो । सीमा क्षेत्रमा भैरहेको अपराधिक गतिबिधी, तस्करी तथा अबैधानिक कार्य नियन्त्रणका लागि सुरक्षा ब्यवस्थामा कडाई गरिएको जिल्ला प्रसाशन कार्यालय मोरङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कटेल सहितको टोलीले शनिबार जोगवनी–विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमन गर्नूृका साथै नयाँ व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएएका छन् । प्रजिअ कटेलले शान्ति शुरक्षा कायम राख्न र सीमा नाकाबाट हुने अपराधिक गतिबिधी नियन्त्रणका लागि नेपाल प्रवेश गर्ने प्रत्येक ब्यक्तिले आफ्नो परिचयपत्र अर्थात आधिकारिक कागजात देखाउनुपर्नेछ । ...
कम्बोडियाको जेलमा २७ नेपाली, स्वदेश फर्किन २११ जना दूतावासको सम्पर्कमा २५ जना आजै स्वदेस फर्कँदै
अन्तर्राष्ट्रिय, समाचार

कम्बोडियाको जेलमा २७ नेपाली, स्वदेश फर्किन २११ जना दूतावासको सम्पर्कमा २५ जना आजै स्वदेस फर्कँदै

बैसाख २५ कम्बोडियामा रहेका २११ जना नेपाली थाइल्यान्डस्थित बैंककमा रहेको नेपाली दूतावासको सम्पर्कमा आएका छन् । दूतावासले जारी गरेको सूचनामा कम्बोडियामा अवैध रुपमा रहेका २११ जनाले स्वदेश फर्काइदिन आग्रह गर्दै सम्पर्कमा आएको उल्लेख गरेको छ । उनिहरु सन् २०२२ मे महिनादेखि २०२६ मे महिनासम्म कम्बोडिया पुगेकाहरू हुन् । दूतावासका अनुसार २७ जना नेपालीहरू विभिन्न अभियोगमा पुर्पक्षका लागि कम्बोडियाका जेलहरुमा थुनिएका छन् । दूतावाले २५ जना नेपालीहरूलाई उद्धार गरि आजै नेपाल फर्काउने ब्यवस्था मिलाईएको जनाएको छ ।...
ट्रम्पले भने- धेरै काम गर्न बाँकी छ, अझै ८-९ वर्ष राष्ट्रपति रहनेछु
अन्तर्राष्ट्रिय, समाचार

ट्रम्पले भने- धेरै काम गर्न बाँकी छ, अझै ८-९ वर्ष राष्ट्रपति रहनेछु

बैसाख २३ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एकपटक राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका छन्। ह्वाइट हाउसमा आयोजित एक कार्यक्रमका क्रममा ट्रम्पले आफूले ८-९ वर्षपछि मात्र पद छाड्ने बताएका हुन् । यो सुनेर त्यहाँ उपस्थित मानिसहरू हाँस्न थालेपछि ट्रम्पले आफूले मजाक नगरेको स्पष्ट पार्दै भने, ‘मलाई काम गर्न मनपर्छ।’ अहिले आफ्नो कार्यकालको सुरुवात मात्र भएको र धेरै काम गर्न बाँकी रहेको राष्ट्रपती ट्रम्पले बताएका छन् । ।...
कम्बोडियामाथी थाईल्याण्डको हवाई आक्रमण
अन्तर्राष्ट्रिय, समाचार

कम्बोडियामाथी थाईल्याण्डको हवाई आक्रमण

श्रावण ८ कम्बोडियाका अधिकारीहरुले चलाएको गोलीबाट आफ्ना एक नागरिकको हत्या गरिएको र अन्य तीन जना घाइते भएको घटनालाई लिएर कम्बोडिया बिरुद्ध थाईल्याण्डले हवाई आक्रमण गरेको छ । थाईल्याण्डले कम्बोडियाको दुईवटा सैन्य अड्डालाई लक्षित गरेर हवाई आक्रमण गरेको थाई सेनाका उपप्रवक्ता रिचा सुक्सुवाननलाई उद्धृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । सीमामा तनाव भइरहेका बेला कम्बोडियाली सैनिकहरुले थाइल्याण्डको उत्तरपूर्वी सुरिन प्रान्तमा रहेको एक सैन्य बेसमा गोली हानेको समाचारमा भनिएको छ । बिहानसम्ममा कम्तिमा ६ स्थानमा तनाव फैलिएको बैंकक पोष्टको समाचारमा जनाइएको छ । कम्बोडियाका अधिकारीहरुले पनि थाइल्याण्डका तर्फबाट ब्यापक हवाई आक्रमण गरिएको पुष्टि गरेको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाइल्याण्डको कम्बोडियाली सैनिक अड्डामा आक्रमण गरेको पुष्टि गरेका छन् । कम्बोडिया सधैं सम...
जिल्ला प्रशासन कार्यालय संखुवासभाको आयोजना तथा पत्रकार महासंघको संयोजनमा परिसंम्बाद कार्यक्रम संचालन
अन्तर्राष्ट्रिय, समाचार, समाज

जिल्ला प्रशासन कार्यालय संखुवासभाको आयोजना तथा पत्रकार महासंघको संयोजनमा परिसंम्बाद कार्यक्रम संचालन

संखुवासभा,असार १० लागु औषध दुरुपयोग तथा ओसारप्रसार बिरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा संखुवासभाको खाँदबारीमा परिसम्बाद कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभाको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको संयोजनमा संखुवासभाको खाँदबारीमा परिसम्बाद कार्यक्रमको आयोजना गरिएको हो । बढ्दो लागु औषधको दुरुपयोग र ओसारपसार बिरुद्ध जनस्तरसम्म जनचेतना पुर्याउन परिसम्बाद कार्यक्रमको आयोजना पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले बताए । महासंघका सचिब नवीन गुरुङले संचालन गरेको परिसम्बाद कार्यक्रममा संखुवासभाका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, डिएसपी दक्ष कुमार बस्नेत, बरुण बहुमुखी क्याम्पस खाँदबारीका प्रमुख चीत्ररेखा अधिकारी, तुम्लिङटार स्पोर्टिङ्ग क्लवका देबेन्द्र घिमिरे र बरुण क्याम्पस स्वबियू सभापति हिमाल गुरुङ सहभागी भएका थिए ...