वरुण क्याम्पसले फागुन ९ मा वरुण लोक सांस्कृतिक नृत्य प्रतियोगिता गर्ने
फागुन १०
सङ्खुवासभा सदरमुकाम खाँदबारीमा रहेको वरुण बहुमुखी क्याम्पसले 'संस्कृति संरक्षण र प्रवर्द्धनमा युवा सहभागीता' नारासहित वरुण लोक सांस्कृतिक नृत्य प्रतियोगिता शुक्रबारबाट शुरु हुने भएकाे छ ।
अरुण उपत्यकाको अगुवा शैक्षिक संस्था वरुणको आयोजनामा शुक्रबार हुन लागेको प्रतियोगितामा सुनसरी, मोरङ, धनकुटा, भोजपुर, तेह्रथुम जिल्लाका प्रतिनिधिमुलक क्याम्पस सहित सङ्खुवासभाका सम्पुर्ण क्याम्पसहरुको सहभागिता रहने प्रतियोगिता संयोजक नवराज कार्कीले जानकारी गराए ।
रैथाने कला संस्कृतिहरुको संरक्षण एवम् पुस्तान्तरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित प्रतियोगितामा भोटे सेलो, कौडा नृत्य, सोरठी नृत्य, राउटे नृत्य, संगीनी नाच, कुमाल नृत्य, हुर्रा नाच, साकेला सिलि, धान नाच, मारुनी नृत्य आदिलाई एकै स्टेजमा प्रस्तुत हुने संयोजक कार्कीले बताए ।विश्वविद्यालय अनुदान आयोग र खाँ...









