Blog - Page 14 of 106 - साझाकुरा
बुधबार, फाल्गुन २७, २०८२

Blog

बझाङमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु
समाचार

बझाङमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

पाैष १९ बझाङका दुई छुट्टाछुट्टै स्थानमा भएका जिप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । विहीबार राति तलकोट गाउँपालिका–२ सुकगाडमा भएको दुर्घटनामा चालकसहित चार जनाको र कोटदेवल भन्ने स्थानमा भएको दुर्घटनामा एक जनाको गरी पाँच जनाको मृत्यु भएको हो । सुकगाडमा से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका –४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र मृतक बम बहादुर धामीकी छोरी पाँच वर्षीया आकृतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिं ठगुन्नाले जानकारी दिए । चालक सहित तीन जनाको घटनास्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । ...
बुद्ध एयरको आपतकालीन ढोका खोलेका दुई यात्रुलाई १/१ लाख जरिवाना
समाचार

बुद्ध एयरको आपतकालीन ढोका खोलेका दुई यात्रुलाई १/१ लाख जरिवाना

पाैष १९ विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको छ। बुद्ध एयरको दुई उडानका क्रममा ढोका खोल्ने यात्रुलाई एक/एक लाख रुपैयाँ जरिवाना तिराइएको हो।  जरिवानाबापत यात्रुबाट प्राप्त रकम परोपकारी संस्थालाई हस्तान्तरण गरिएको बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ। जनकपुरधामको महागङ्गा आरती–गङ्गासागर र पोखराको वृद्धाश्रमलाई रु एक/एक लाख सहयोग गरिएको हो। बुधबार (जनवरी १ तारिख) का दिन पोखराबाट काठमाडौँ (उडान सङ्ख्या छ सय १८) को उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा विमानको आपतकालीन ढोका खोलेका थिए। प्राविधिक टोलीको परीक्षणपछि करिब तीन घण्टा ढिलो साँझ ६ः४० मा काठमाडौँका लागि उक्त विमान उडेको थियो। यसैगरी काठमाडौँबाट जनकपुरका लागि गत अक्टोबर १० का दिन बिहान ६ः०५ मा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो। जनकपुरको मौसममा सुधार आएपछि विराटनगरब...
राष्ट्रिय योग दिवसको अवसरमा खाँदबारीमा सप्ताहव्यापी योगाभ्यास गराइने
समाचार, स्वास्थ्य

राष्ट्रिय योग दिवसको अवसरमा खाँदबारीमा सप्ताहव्यापी योगाभ्यास गराइने

संखुवासभा पाैष १६ राष्ट्रिय योग दिवसको अवसरमा खाँदबारी नगरपालिकाको वडा तह सम्म योग अभ्यास हुने भएको छ । जिल्ला योग समन्वय समिति सङ्खुवासभाको आयोजनामा खाँदबारीका ११ वटै वडामा योग, ध्यान र प्रणायम सञ्चालन गर्ने जिल्ला योग समन्वय समितिले पत्रकार संमेलन मार्फत जानकारी गराएको छ ।  जिल्लामा क्रियाशील योग, ध्यान, प्रणायम र सत्सङ हुँदै आध्यात्मिक जागरणको क्षेत्रमा काम गर्दै आएका विभिन्न संस्थाहरुको समन्वयमा सप्ताहव्यापी योग, ध्यान, प्रणायम गर्न लागिएको जिल्ला योग समन्वय समितिका अध्यक्ष भिमबहादुर कट्टेलले जानकारी गराए । योग ध्यानलाई गाउँ, टोल, समुदाय हुँदै घरघर र व्यक्तिव्यक्ति सम्म पुर्याउन राष्ट्रिय योग दिवसको अवसरमा योग सप्ताहको आयोजना गरिएको अध्यक्ष कट्टेलले बताए । योग सप्ताह कार्याक्रम पौष २४ गते बाट माघ १ गते सम्म सञ्चालन गरिने छ । पाैष २४ गते बाट २९ गते सम्म वडा स्तरमा र  माघ १...
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी
अन्तर्राष्ट्रिय, समाचार

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी

पाैष १६ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सियोल पश्चिम जिल्ला अदालतले आज राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलो घटना हो । संयुक्त जाँच मुख्यालयले आज विज्ञप्ति निकालेर निलम्बित राष्ट्रपति योलमाथि अनुसन्धानका लागि आज बिहान पक्राउ पुर्जी र खानतलासीको पुर्जी जारी भएको जानकारी दिएको छ । राष्ट्रपति योल यही डिसेम्बर ३ मा सैनिक शासन लागू गर्ने निर्णय गरेपछि विवादमा परेका थिए । विपक्षी दलसमेतको विरोधपछि उनले केही समयमै निर्णय फिर्ता लिएका थिए । यही प्रकरणमा संसद्ले महाभियोग प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित भएका थिए । यो विषय संवैधानिक अदालतमा विचाराधीन छ । दक्षिण कोरियाको कानूनअनुसार महाभियोग लागेपछि पदम...
चाक्चाकुर व्याडमिन्टन कपको उपाधि विकास र सोम्बर
खेलकुद, समाचार

चाक्चाकुर व्याडमिन्टन कपको उपाधि विकास र सोम्बर

पाैष १६ कुलुङ जातिहरुको महान चाड मिनारी दाचाम् लो निङ्दोङ चाक्चाकुर येले सम्बत ५०८५ को अवसरमा आयोजित खुल्लाा कर्मचारी/शिक्षक डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि विकास राई र सोम्बर चौधरीले जितेका छन् । नेपाल किराँत कुलुङ कर्मचारी संघ सङ्खुवासभाको आयोजनामा सोमबार सम्पन्न प्रतियोगिताको उपाधि सँगै राई र चौधरीको जोडिले नगद १५ हजार रुपैयाँ र ट्रफी हातपारेका हुन् । खाँदबारी नगरपालिका –१ घिमिरे गाउँ स्थित सोमनाथ घिमिरे स्मृति कभर्ड हलमा शनिबार देखि प्रतियोगिता सुरुभएको हो । उपविजेता बनेका रुद्र श्रेष्ठ र जानकी बल्लभ पोख्रेलको जाेडिले १० हजार प्राप्त गरेका छन् । त्यसैगरी तेस्रो स्थान हासिल गर्ने दिनेश खालिङ र राज विक्रम लिम्बुको जोडिले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका हुन् । प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने केशव घिमिरे र आशिष चौहानको जोडिले नगद २ हजार ५ सय रुपैयाँ पाएका छन् ।  ...
दक्षिण कोरियामा विमान दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या एक सय ७९ जना पुग्यो
अन्तरवार्ता, समाचार

दक्षिण कोरियामा विमान दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या एक सय ७९ जना पुग्यो

पाैष १५ दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या एक सय ७९ जना पुगेको छ । एक सय ८१ जना चढेको विमान दुर्घटना भएकोमा अहिलेसम्म एक सय ७९ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । घटनास्थलबाट दुई जनाको जीवितै उद्धार भएको थियो । उनीहरुको उपचार भइरहेको बीबीसीले जनाएको छ । एक सय ७५ जना यात्रु र चालक दलका ६ सदस्य बोकेको जिजु एअरको विमान थाइल्यान्डको बैंककबाट फर्किँदै गर्दा अवतरणका क्रममा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो । एक सय ७५ जना यात्रुमध्ये एक सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्यान्डका नागरिक रहेका खबरमा उल्लेख छ । दक्षिण कोरियाको सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । प्रारम्भिक अनुसन्धानमा विमान अवतरणको नजिक पुग्दा चरासँग ठोक्किएको हुनसक्ने र खराब मौसम पनि दुर्घटनाको कारण ...
नेपाल राष्ट्रिय शिक्षक संगठन खाँदबारीको अध्यक्षमा भेषराज न्यौपाने
शिक्षा, समाचार

नेपाल राष्ट्रिय शिक्षक संगठन खाँदबारीको अध्यक्षमा भेषराज न्यौपाने

पाैष १३ नेपाल राष्ट्रिय शिक्षक संगठन खाँदबारी नगर समितिको अध्यक्षमा भेषराज न्यौपाने चयन भएका छन् । शनिवार सम्पन्न संगठनको पाँचौ नगर अधिवेशनले न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको हो ।  समितिको उपाध्यक्षहरुमा भुवन हलिदे र उषाकिरण दाहाल, सचिव सनम थापा, कोषाध्यक्ष सुनिल राई, सह सचिव अनिता पन्त र सह कोषाध्यक्षमा रमा घिमिरे चयन भएको निर्वाचन मंडलकी बेदकुमारी रिमालले जानकारी दिइन् । खाँदबारी नगर समितिका अध्यक्ष रामकुमार घिमिरेको अध्यक्षतामा अधिवेशनको खुल्लाशत्र सम्पन्न भएको हो । अधिवेशनको अवसरमा सेवानिवृत शिक्षकहरुलाई सम्मान, खाँदबारी नगरस्तरीय कक्षा ८ को परिक्षामा उत्कृष्ट एक छात्रा र एक छात्रलाई पुरस्कृत गरिएको छ । सोही अवसरमा खाँदबारी नगरभित्रका उत्कृष्ट एकजना शिक्षकलाई प्रसंशित समेत गरिएको छ । शिक्षक संगठनका केन्द्रिय समिति उपाध्यक्ष सुर्य दाहालको प्रमुख आतिथ्यतामा भएको अधि...
खाँदबारी–किमाथांका सडक चाँडो सञ्चालनमा ल्याउन उर्जामन्त्री खड्काको आग्रह
समाचार

खाँदबारी–किमाथांका सडक चाँडो सञ्चालनमा ल्याउन उर्जामन्त्री खड्काको आग्रह

पाैष १२ संखुवासभाका निर्वाचित प्रतिनिधीसभा सदस्य एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संखुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीन तर्फको सीमा नाका किमाथांका जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको छ । उर्जामन्त्री खड्काले आज रक्षामन्त्री मानविर राईलाई भेटेर खाँदबारी–किमाथांका सडक निर्माणको गति सुस्त भएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उर्जामन्त्री खड्काले सडक तत्काल सञ्चालनमा ल्याउन रक्षामन्त्रीको ध्यानाकर्षण गर्नुभयो । उक्त सडक रक्षा मन्त्रालयअन्तर्गत रहेको नेपाली सेनाले निर्माण गरिरहेको छ । उक्त भेटमा उर्जामन्त्री खड्काले सडकको वर्तमान अवस्थाको बारेमा जानकारी लिँदै उक्त सडक निर्माणमा संलग्न नेपाली सेनालाई चाँडो सडक सम्पन्न गरी सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । छलफलमा मन्त्री खड्काले खाँदबारी किमाथांका सडक कोशी ल्हासा राजमार्ग अन्तर्गत रहेको र उक्त खण्ड जोडि...
खाँदबारीमा मेवाहाङ्ग पुर्खा भेला सम्पन्न
समाचार, समाज

खाँदबारीमा मेवाहाङ्ग पुर्खा भेला सम्पन्न

संखुवासभा पाैष १२ भाषा बाँचे जाति बाच्छ, जाति बाँचे देश भन्ने नाराका साथ मेवाहाङ भाषाकाे बृहत् शब्दकाेष निर्माणका लागि पुर्खाभेला कार्यक्रमकाे आयाेजना गरिएकाे छ । संखुवासभाकाे खाँदबारिमा ४ दिनसम्म संचालित पुर्खा भेलामा संखुवासभा, भाेजपुर, सुनसरि , माेरंग, झापा र ईलाम जिल्लाका मेवाहाङ भाषा, संस्कृतिविदहरुकाे सहभागिता रहेकाे थियाे । बृहत् शब्दकाेष निर्माणका लागि आयाेजित पुर्खा भेला समापन समाराेहलाई सम्बाेधन गर्दै कार्यक्रममका सभापति भाषा संस्कृतिविद शंकरदास मेवाहाङले भावि पुस्ताका लागि भाषा संस्कृति जाेगाउन पुर्खाहरुले याेगदान दिएमात्र भावी पुस्ताकाे जीवन सार्थक रहने धारणा राखे । कार्यक्रममा शिलिचाेङ गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङले आफ्नाे भाषा शब्द र संस्कृति संरक्षणका लागि पुर्खाहरुले दिएकाे याेगदान ऐतिहाँसिक हुने बताए । कार्यपालिका सदस्यनरेन्द्र मेवाहाङ र मेवाहाङ भाष...
१८ औ गोधुली कपको उपाधी अल स्टार धरानले जित्याे
खेलकुद, समाचार

१८ औ गोधुली कपको उपाधी अल स्टार धरानले जित्याे

धर्मदेवीमा सम्पन्न १८ औ गोधुली कपको उपाधी अल स्टार क्लब धरानले हात पारेको छ। उदघाटन समारोहमा प्रमुख अथिती कोशी फुटबल संघका अध्यक्ष किशोर राई ज्यको उपस्थितिमा उदघाटन भएको थियो साथै बिशिस्ट अथितीमा पुर्व रास्टीय खेलाडी सागर घिमिरे र बिकास श्रेष्ठको पनि उपस्थिति रहेको थियो । ८ टिम सहभागी भएकाेमा अल स्टार फुटबल क्लब धरान र शान्ति युवा क्लब धर्मदेवी १ फाईनलमा पुग्न सफल भएका थिए । राेमाञ्चक ढंगले सम्पन्न फाईनल प्रतियाेगितामा अल स्टारले  शान्ति युवा क्लबलाई  धर्मदेवीलाई ४ को विरुद्ध ५ गोल गर्दै हराएकाे थियाे । खेलमा बिजेता टिमले रु १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे भने उपबिजेताले रु ५० हजार, ट्रफी र प्रमाणपत्रमा हात पारे । ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट गोल रक्षक अल स्टार धरानका सनम राई, सर्वाधिक गोलकर्ता शान्ती युवाका संजय धिमाल, डिफेन्डर अल स्टार धरानका नगेन राई  सर्व उत्कृष्ट खेला...