Blog - Page 7 of 114 - साझाकुरा
बिहिबार, असार ११, २०८३

Blog

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
अर्थ/व्यापार, समाचार

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति बैसाख २३ विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि थुनामा रहेका ब्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुशन्धान गर्न अनुमति दिएको छ । न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनिहरुलाई थप १२ दिन हिरासतमा राख्नेर अनुशन्धान अघि बढाउन अनुमति प्रदान गरेको बताईएको छ ।...
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच पक्राउ
अपराध, समाचार

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच पक्राउ

वैशाख २३ बिदेशमा आकर्षक तलबमा रोजगारी दिलाउने प्रलोभनमा रकम ठगि गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । । उनिहरुले माल्टा, क्रोएसिया, क्यानडा र मकाउमा आकर्षक रोजगारी दिलाउने प्रलोभनमा फसाई ५० लाखभन्दा बढी ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यसरी ठगि गर्नेहरुमा बागलुङको काठेखोला गाउँपालिका–३ का २२ वर्षीय सन्दीप थापा मगर, काठमाडौं महानगरपालिका–३ का ४३ वर्षीय निरबहादुर कार्की, सर्लाहीको चक्रघट्टा गाउँपालिका–२ का ३९ वर्षीय विजयकुमार यादव, काठमाडौं चन्द्रागिरी नगरपालिका–५ का चिरन्जिवी अधिकारी र रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ का ३० वर्षीय प्रवेश गुरूङलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी श्रोतले उल्लेख गरेको छ।...
पूर्वविशिष्टहरुले प्रयोग गरेको सवारी साधनकाे विवरण बुझाउन  प्रधानमन्त्रीको  निर्देशन
समाचार

पूर्वविशिष्टहरुले प्रयोग गरेको सवारी साधनकाे विवरण बुझाउन प्रधानमन्त्रीको निर्देशन

बैसाख २३ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको वा फरक–फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला पारेपछि मंगलबार गृहसँग विवरण माग गरेको थियो ।...
निजामती र स्वास्थ्य सेवाका १२ ट्रेड युनियन खारेज
राजनीति, समाचार

निजामती र स्वास्थ्य सेवाका १२ ट्रेड युनियन खारेज

बेसाख २३ सरकारले सरकारी कर्मचारीका १२ वटा ट्रेड युनियनको दर्ता खारेजी गरेको छ । आज सार्वजनिक सूचना निकालेर नेपालका सबै राष्ट्रियस्तरका निजामती कर्मचारी र स्वास्थ्य सेवाका ट्रेड युनियनहरू खारेज गरिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । विभागले सुचना निकालेर ८ वटा निजामती कर्मचारीका र ४ वटा स्वास्थ्यकर्मीका ट्रेड युनियन खारेज गरिएको जनाएको छ । जारी सुचना अनुशार खारेज हुने ट्रेड युनियनहरूमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी सङ्घ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी सङ्गठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी सङ्गठन खारेजीमा परेको उल्लेख गरिएको छ । यसैगरी नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्म...
मालपोत अब भुमि प्रशासन कार्यालय
समाचार

मालपोत अब भुमि प्रशासन कार्यालय

बैसाख २२ सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरेर भूमि प्रशासन कार्यालय बनाएको छ । मालपोत ऐन तथा जग्गा ९नाप जाँच० ऐनमा रहेको ‘मालपोत कार्यालय’ भन्ने शब्दलाई झिकेर दुईवटै ऐनमा त्यस ठाउँमा ‘भूमि प्रशासन कार्यालय’ रहने उल्लेख गरिएको छ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा मालपोत कार्यालयको नामलाई पनि संशोधन गरेको हो । त्यस्तै, मालपोत अधिकृतलाई ‘भूमि प्रशासन अधिकृत’ भनिने गरी ऐन संशोधन गरिएको छ ।...
हेदाङनागढीमा ईलाका प्रशासन कार्यालय स्थापना
समाचार

हेदाङनागढीमा ईलाका प्रशासन कार्यालय स्थापना

संखुवासभा बैसाख २२ संखुवासभा — मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । सोमबार प्रतिनिधी सभा सदस्य डाक्टर अर्जून कुमार कार्कीले एक समारोहका बिच कार्यालयको उद्घाटन गरेका हुन् । ईलाका प्रशासन कार्यालय स्थापना संगै जिल्लाका दुर्गम हिमाली पालिकाहरु भोटखोला र मकालु गाउँपालिकाका स्थानीयहरुले सेवा लिन सदरमुकाम खाँदबारी धाउनुपर्ने बाध्यता हटेको छ । नेपाल सरकारले दुर्गम क्षेत्रका नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले इलाका प्रशासन कार्यालय विस्तार गर्ने नीति अनुरुप हेदाङ्नागढीमा कार्यालय स्थापना गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख जुनकुमार राईले बताए । उनले यहााबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन आफुले सक्दो प्रयास गर्ने जनाए। कार्यालय उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य राजेन्द्र कार्की तथा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलि...
गुल्मीमा राति ९ बजेपछि मदिरा बिक्री र सेवन गर्न रोक
समाचार, समाज

गुल्मीमा राति ९ बजेपछि मदिरा बिक्री र सेवन गर्न रोक

बैसाख २२ गुल्मी जिल्लामा राति ९ बजेपछि मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको वैशाख २१ गतेको बैठकले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई गर्न यस्तो निर्णय गरेको हो । प्रशासनका अनुसार पछिल्ला वर्षमा भएका अधिकांश आपराधिक घटना मदिरा सेवनसँग जोडिएको पाईएकाले राति ९ बजेपछि मदिरा बिक्री र सेवनमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।...
ट्रेड युनियन खारेजी पार्टीविरुद्धको लडाइँ नभएकाे  प्रधानमन्त्री बालेनकाे भनाई
राजनीति, समाचार

ट्रेड युनियन खारेजी पार्टीविरुद्धको लडाइँ नभएकाे प्रधानमन्त्री बालेनकाे भनाई

बैसाख २२ प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज कुनै पनि पार्टीविरूद्धको लडाइँ नभएको बताएका छन् । विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजको विरोध भइरहेका बेला उनले सरकारको निर्णय प्रणाली बचाउने प्रयास भएको बताएका हुन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज कुनै पनि पार्टीविरूद्धको लडाइँ नभएको बताएका छन् । विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजको विरोध भइरहेका बेला उनले सरकारको निर्णय प्रणाली बचाउने प्रयास भएको बताएका हुन् । यो कुनै पार्टीविरुद्धको लडाइँ होइन । यो प्रणाली बचाउने प्रयास हो । यो भविष्य बचाउने प्रयास हो’, प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्, ‘यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो ।...
कर्मचारी संगठनहरुद्वारा आन्दोलनको चेतावनी
राजनीति, शिक्षा, समाचार

कर्मचारी संगठनहरुद्वारा आन्दोलनको चेतावनी

बैसाख २२ कर्मचारी संगठनहरुले कर्मचारीहरुको ट्रेड युनियनको व्यवस्था खारेज गर्ने निर्णय फिर्ता नलिए चरणवद्द आन्दोलनमा जान वाध्य हुने चेतावनी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशबाट कर्मचारीको ट्रेड युनियन खारेज गरिएको छ । सरकारी निर्णय विरुद्द कर्मचारीका ६ संगठनले विज्ञप्ति निकालेर ट्रेड युनियन अधिकार पुन:स्थापित गर्न माग गरेका हुन् ।...
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
राजनीति, समाचार

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश

बैसाख २२ राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले अध्यादेश जारी गर्न पुन: राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएका थिए । अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा ४ जना सदस्य उपस्थित भए पुग्ने र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ । ...