जिल्ला प्रशासन कार्यालय संखुवासभाको आयोजना तथा पत्रकार महासंघको संयोजनमा परिसंम्बाद कार्यक्रम संचालन
संखुवासभा,असार १०
लागु औषध दुरुपयोग तथा ओसारप्रसार बिरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा संखुवासभाको खाँदबारीमा परिसम्बाद कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभाको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको संयोजनमा संखुवासभाको खाँदबारीमा परिसम्बाद कार्यक्रमको आयोजना गरिएको हो ।
बढ्दो लागु औषधको दुरुपयोग र ओसारपसार बिरुद्ध जनस्तरसम्म जनचेतना पुर्याउन परिसम्बाद कार्यक्रमको आयोजना पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले बताए ।
महासंघका सचिब नवीन गुरुङले संचालन गरेको परिसम्बाद कार्यक्रममा संखुवासभाका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, डिएसपी दक्ष कुमार बस्नेत, बरुण बहुमुखी क्याम्पस खाँदबारीका प्रमुख चीत्ररेखा अधिकारी, तुम्लिङटार स्पोर्टिङ्ग क्लवका देबेन्द्र घिमिरे र बरुण क्याम्पस स्वबियू सभापति हिमाल गुरुङ सहभागी भएका थिए ...









