Blog - Page 5 of 114 - साझाकुरा
बुधबार, असार १०, २०८३

Blog

एसियन गेम्स क्वालिफायरका लागि दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा
खेलकुद, समाचार

एसियन गेम्स क्वालिफायरका लागि दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा

जेठ १० नेपाल क्रिकेट संघ क्यानले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा एसियन गेम्स क्रिकेट छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ। सिंगापुरमा आगामी मे ३१ बाट सुरु हुने छनोट प्रतियोगितामा रोहित पौडेल, सोमपाल कामी र करण केसी फर्किएका छन्। उनीहरू यसअघि यूएईसँगको शृङ्खलामा खेलेका थिएनन्। खेल जुन ९ सम्म चल्नेछ। टोलीमा कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, र साहब आलम समेटिएको उल्लेख गरिएको छ ।...
उत्तरदायी पत्रकारीताका लागि सामुदायिक रेडियोको भुमिका अब्बलः सञ्चारमन्त्री तिमल्सिना
समाचार

उत्तरदायी पत्रकारीताका लागि सामुदायिक रेडियोको भुमिका अब्बलः सञ्चारमन्त्री तिमल्सिना

जेठ १० सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमल्सिनाले उत्तरदायी पत्रकारीताका लागि सामुदायिक रेडियोको भुमिका अब्बल रहेको बताउनु भएको छ । दक्षिण एसियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा १०२.४ मेगाहर्जको ३०औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री डा तिमल्सिनाले नेपालको भौगोलिक अवस्था र समुदायको सहज पहुँचका कारण अझैपनि रेडियोहरुको महत्व नघटेको बताए । नेपालमा मर्यादित र उत्तरदायी पत्रकारिताको अझै खाँचो रहेकाले रेडियोले प्रसारण सामग्रीमा भने थप गुणस्तरियता ल्याउनुपर्ने मन्त्री तिमल्सिनाको भनाई थियो । अहिले अधिकांश सञ्चारमाध्यमले टिक्नका लागि कठिन सङ्घर्ष गरिरहनुपरेको छ । सञ्चारमाध्यमको दिगोपनाका लागि सकारात्मक प्रभाव पार्नेगरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने मन्त्री डा तिमल्सिनाले प्रतिवद्धता जनाए । लोककल्याणकारी विज्ञापन प्रसारणमा राज्यको बार्षिक रु ३० करोड बढि खर्च भएपनि त्...
सभापोखरी कप भलिबल: पुरुषतर्फ आयोजक सभापोखरी र महिलातर्फ खाँदबारी नगरपालिका विजयी ।
खेलकुद, समाचार

सभापोखरी कप भलिबल: पुरुषतर्फ आयोजक सभापोखरी र महिलातर्फ खाँदबारी नगरपालिका विजयी ।

संखुवासभाको सभापोखरी गाउँपालिका स्थित बाह्रबिसे बजारमा सम्पन्न अन्तरपालिका स्तरीय ‘सभापोखरी कप भलिबल प्रतियोगिता’को पुरुषतर्फ उपाधि आयोजक सभापोखरी गाउँपालिकाले जितेको छ भने महिलातर्फ खाँदबारी नगरपालिकाले उपाधि हात पारेको छ । पुरुषतर्फको रोमाञ्चक फाइनल खेल २–२ को बराबरीमा पुगेपछि निर्णायक पाँचौं सेटमा उत्कृष्ट प्रदर्शन गर्दै सभापोखरीले भोजपुरको षडानन्द नगरपालिकालाई पराजित गर्दै उपाधि जित्न सफल भयो । महिलातर्फ खाँदबारी नगरपालिकाले पाँचखपन नगरपालिकालाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पुरुषतर्फ पाँचखपन नगरपालिकाले तेस्रो स्थान हासिल गर्दा झापा बिर्तामोड नगरपालिकाले सान्त्वना स्थानमा चित्त बुझाएको थियो । महिलातर्फ ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले तृतीय स्थान प्राप्त गर्दा आयोजक सभापोखरी गाउँपालिकाले सान्त्वना स्थानमा सीमित रहनुपरेको थियो । प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्...
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० पर्वतारोही बेपत्ता
अन्तर्राष्ट्रिय, समाचार

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० पर्वतारोही बेपत्ता

बैसाख २६ इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको ‘माउन्ट डुकोनो’ ज्वालामुखी विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार बेपत्ता हुनेहरूमा नौ जना सिंगापुरका नागरिक रहेका छन् । उक्त विस्फोटका कारण करिब १० किलोमिटर वरपरको क्षेत्रको हावामा धूवाँधूलो फैलिएको छ । उद्धार टाेलीले बेपत्ता २० जनाको खोजी कार्य गरिरहेकाे अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । ...
विश्वभर हन्टाभाइरसको त्रास: क्रूज शिपमा ३ यात्रुको मृत्यु, १५० भन्दा बढीको खोजी कार्य जारी
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्वभर हन्टाभाइरसको त्रास: क्रूज शिपमा ३ यात्रुको मृत्यु, १५० भन्दा बढीको खोजी कार्य जारी

बैसाख २६ गत अप्रिल १ मा अर्जेन्टिनाकाे एक डच कम्पनीको 'एमभी होन्डियस' नामक जहाजमा यात्रा गरेका यात्रुहरूमा हन्टाभाइरसको 'एन्डेस स्ट्रेन देखिएपछि विशेषज्ञहरूले चिन्ता मानेका छन्। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार यो संक्रमण हन्टाभाइरसको 'एन्डेस स्ट्रेन' हो। सामान्यतया मुसाबाट मानिसमा सर्ने यो भाइरस यसपटक भने मानिसबाट मानिसमा सरेको पाइएको छ, हालसम्म ५ जनामा संक्रमण पुष्टि भएको छ भने ३ जनाको दुखद मृत्यु भइसकेको जनाईएकाे छ । जहाजमा २८ विभिन्न देशका १५० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरू सवार थिए, जो अहिले विश्वका विभिन्न कुनामा पुगिसकेका छन्। । बेलायती स्वास्थ्य निकायले आफ्ना ३ नागरिकमा संक्रमणको आशंका गर्दै निगरानी बढाएको छ। अमेरिकाका ५ वटा राज्यमा पनि उक्त जहाजमा यात्रा गरेका व्यक्तिहरूको खोजी भइरहेको छ। चिकित्सकहरूका अनुसार हन्टाभाइरस लागेमा सुरुमा ज्वरो आउने, अत्यधिक थकान मह...
“हर  प्रहर गाउ र नगरी  टोल टोलमा नेपाल प्रहरी” कार्यक्रम
शिक्षा, समाचार

“हर प्रहर गाउ र नगरी टोल टोलमा नेपाल प्रहरी” कार्यक्रम

जिल्ला प्रहरी कार्याल्य संखुवासभाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “हर प्रहर गाउ र नगरी टोल टोलमा नेपाल प्रहरी” कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी निरिक्षक धिरज राईले महेन्द्र माध्यमिक बिद्यालय खाँदबारीमा अध्ययनरत एक सय बढि बालबालीकालाई शुक्रबार ल्रैंगिक हिंसा न्युनिकरण सम्वन्धी सचेतनामुलक प्रशिक्षण दिएका थिए । जिल्ला प्रहरी कार्यालय संखुवासभले बिगत लामो समय देखि यस किसिमका चेतनामुलक कार्यक्रमहरु गाउँ, टोल समुदाय र बिद्यालयहरुमा नियमित रुपमा संचालन गर्दैआएको प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनालीले जानकारी दिए । डिएसपी मैनालीले यस किसिमका ज्ञानवर्धक र जनचेतनामुलक अभियानले अपराध न्युनिकरणमा ठुलो सहयोग पुग्ने बताए । ...
जोगवनी नाका प्रवेशमा कडाइ, परिचयपत्र अनिवार्य
अन्तर्राष्ट्रिय, समाचार

जोगवनी नाका प्रवेशमा कडाइ, परिचयपत्र अनिवार्य

बैसाख २६ भारतको जोगवनी हुँदै विराटनगरको रानी नाका भएर नेपाल प्रवेशमा कडाई गरिएको छ । नाका प्रवेश गर्ने यात्रुले अनिवार्य रुपले परिचयपत्र देखाउनुपर्ने नियम लागु गरिएको हो । सीमा क्षेत्रमा भैरहेको अपराधिक गतिबिधी, तस्करी तथा अबैधानिक कार्य नियन्त्रणका लागि सुरक्षा ब्यवस्थामा कडाई गरिएको जिल्ला प्रसाशन कार्यालय मोरङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कटेल सहितको टोलीले शनिबार जोगवनी–विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमन गर्नूृका साथै नयाँ व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएएका छन् । प्रजिअ कटेलले शान्ति शुरक्षा कायम राख्न र सीमा नाकाबाट हुने अपराधिक गतिबिधी नियन्त्रणका लागि नेपाल प्रवेश गर्ने प्रत्येक ब्यक्तिले आफ्नो परिचयपत्र अर्थात आधिकारिक कागजात देखाउनुपर्नेछ । ...
जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली ८ महिना पछि फेला
समाचार

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली ८ महिना पछि फेला

बैसाख २५ गत भदौ २३, २४ गते भएको जेनजी आन्दोलनक्रममा हराएको २५५ राउन्ड गोली नेपाल प्रहरीले ८ महिना पछि फेला पारेको छ । नेपाल प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ स्थित सडक छेउको नालामा बेवारिसे अवस्थामा बाकसमा राखिएको अवस्थामा गोली फेला परेको हो । जेनजी आन्दोलनमा हराएको एसएलआरको २३१ राउन्ड र ३०३ को २४ राउन्ड गोली फेला परेको प्रहरीले जनाएकाे छ ।...
वीरगञ्जका ८८ सहकारी संस्थाहरु खारेजीको क्रममा
अर्थ/व्यापार, समाचार

वीरगञ्जका ८८ सहकारी संस्थाहरु खारेजीको क्रममा

बैसाख २५ लामो समयदेखि कुनै कारोबार नगरी निस्क्रिय रहेका वीरगञ्जका ८८ वटा सहकारी संस्थाहरुको खारेजी प्रक्रिया अगाडि बढाएको छ। वीरगञ्ज महानगरका विभिन्न वडाहरुमा रहेका ८८ वटा सहकारी संस्थाहरु लामो समयदेखि कारोबार नगरी निस्क्रिय रहेका कारण ती सबै सहकारी संस्थाहरु खारेज गर्ने प्रक्रिया आगाडी बढाईएको महानगरपालिकाले जनाएको छ । शुक्रबार वीरगञ्ज महानगरपालिकाको आर्थिक विकास महाशाखाले एक सूचना जारी गर्दै लामो समयदेखि कारोबार नगरी निष्क्रिय रहेका, सहकारी ऐन, नियमावली बमोजिम बुझाउनु पर्ने मासिक प्रगति प्रतिवेदन, वार्षिक साधारण सभाको निर्णय प्रतिलिपी, वार्षिक लेखा परीक्षण प्रतिवेदन, तथा कोपोमिसमा प्रविष्टि समेत नगरी पूर्ण रुपमा सम्पर्क विहिन अवस्थामा रहेकाले त्यस्ता सहकारी संस्थाहरुको दर्ता खारेजी प्रकृया अघि बढाईएको जनाएको छ । ती सहकारी संस्थाहरुलाई वीरगञ्ज महानगरपालिकाको सहकारी ऐन, २०७४ को दफा...
गायक रामकृष्ण ढकालद्वारा साइबर ब्युरोमा उजुरी
समाचार

गायक रामकृष्ण ढकालद्वारा साइबर ब्युरोमा उजुरी

बैसाख २५ गायक रामकृष्ण ढकालले विद्युतीय माध्यमबाट आफूमाथि निरन्तर गालीगलौज आएको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी दिएका छन् । उजुरीमा आफुमाथी अपगाल गर्ने व्यक्ति तोकिएको छैन, तर गाली गरेकाहरुको सामाजिक सञ्जालको लिंक नै समावेश गरेर उनिहरुमाथी कारवाहीको माग राख्दै उजुरी परेको ब्युरोका प्रवक्ता तथा एसपी दिलिप कुमार गिरीले बताए । ...